ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बुढादेवीबासीको पीडाः पानी प¥यो कि जाग्राम

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

प्युठान, १९ साउन ।

प्युठान नगरपालिका–१० बुढादेवीका लिल बहादुर नेपालीको घरमा बाढी पस्दा बस्न योग्य छैन् । नजिकैको मजुवामा जुत्ता सिलाएर गुजारा चलाइरहेका थिए । भुसवाङखोलामा बाढीसंगै आएको लेदोले घर पुरिँदा बिस्थापितसंगै दैनिकी समेत कष्टकर बनेको छ ।

नेपालीको घर तथा वरिपरी लेदोले भरिएपछि नजिकैको गाउँ स्थित आफन्तको सहारा लिएका छन् । लामो समय देखि बुढादेवीमा बस्दै आएका उनको परिवारलाई दुई वर्ष देखि बाढीले सताउन थालेको हो । बुढादेविको शिरमा खलंगा देखि अर्घाखाँची जोड्ने सडक खन्दा भूक्षय रोक्ने कुनै विधि प्रयोग हुँदा दुई वर्ष देखि बर्षायाममा समस्या झेल्दै आएको उनी बताउछन् । नेपाली भने ,‘ पानी प¥यो कि जाग्राम भइ खोला हेर्ने बाध्यता रह्यो, आज भोलीमा पनि झरी परेपछि घर लगिदिन्छ कि भन्ने चिन्ताले जाग्राम बस्छु ।’ बाढीले घरमा भएका लत्ताकपडा, भाडाकुडाँ, अन्न पुरिदिएपछि दैनिकी कष्टपूर्ण बनेको उनले दुःख सुनाए ।

प्युठान नगरपालिका–९ बुढादेवीका सुर्य बहादुर के.सी.को घर वरिपरि लेदो हिड्न नमिल्ने बनेको छ । घर पछाडीबाट बग्ने भुसवाङ खोलाको बहाव र झरी अनुसार सुत्नु पर्ने हुँदा छट्पट्टीमै घरमा बस्नु पर्ने बाध्यता छ । ‘गत वर्ष देखि बर्खा लाग्यो कि बाढीकै चिन्ता हुने गरेको छ’, के.सी.ले भने ,‘सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।’ बुढादेवीका २३ घर बाढीबाट प्रभावित भएका छन् ।

वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । भने, यहाका आठ परिवार उच्च जोखिममा छन् । विस्थापित मध्ये केही आफन्त र केही नजिकैको बजार क्षेत्रमा कोठा भाडामा लिएर बसेका छन् ।
विस्थापित हुनेमा प्युठान नगरपालिका–९ का राम बहादुर जिसी, कृष्ण बहादुर जिसी, डोर बहादुर जिसी, राधा जिसी, अनिता भण्डारी ,हिमाल जिसी, बिष्णा सुनार, देवेन्द्र केसी र गंगालाल बिश्वकर्मा छन् । यसैगरी, प्युठान नगरपालिका वडा नम्बर १० का सिर्जनशिल तारा बोर्डिङ स्कुल सहित लिल बहादुर नेपाली, आत्मराम सुनार, हरी बहादुर सुनार, सुर्य बहादुर नेपाली, गिता सुनार, पार्वती सुनारको घर परिवार समेत बिस्थापित भएको प्युठान प्रहरीले जनाएको छ । घर डुबानमा परेपछि बिस्थापित भएका परिवारहरूलाई आफन्त घरमा सारिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक इश्वर थापाले जानकारी दिए ।

चुदरीखोला, भुुसवाङखोला र दहखोलाको आसपास रहेका सयौं रोपनीमा लागाइएको धानबाली खोलाले कटान गरि बगाएको छ । गत वर्ष मल्लरानी ४ खलङ्गा पातिहाल्ना बुकेनी सोलाहाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको स्थानीय भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?