ट्रेंडिंग:

>> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

सृजना पौडेल मृत्यु प्रकरणः मृत्युको कारण खोज्दै परिवार

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

बुटवल, १९ साउन ।

सुत्केरी भएको केही समयमा नै ज्यान गुमाएकी सृजना पौडेललको परिवारले मृत्युको कारण खोजिरहेका छन् । शुक्रबार तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा जम्मा भएका आफन्तहरूले अस्पतालले मृत्युको चित्त बुझ्दो जवाफ दिनुपर्ने माग गरिरहेका थिए । उनीहरूले बुधबार सुत्केरी भएकी पौडेलको चिकित्सकको लापरवाहीले निधन भएको दावी गरेका छन् । सयांैको संख्यामा उपस्थित भएका आफन्तहरूले अस्पतालले स्वस्थ अवस्थामा रहेकी महिलाको ज्यान लिएको आरोप लगाएका छन् । मृतक पौडलका श्रीमान युवराज बेलबासेले आफूहरूले बच्चाको प्लान गर्दादेखि नै डा.सर्मिला शर्मासँग परामर्श गरेर नै अगाडी बढेको बताए ।

उनी भन्छिन्–अप्रेशन गर्न भन्दा अगाडि सम्म कुनै स्वास्थ्यमा समस्या थिएन । श्रीमती सुत्केरी भएपछि बान्ता गरेको र पिसाब नभए पनि खासै समस्या नभएको डा. सर्मिलाले आफुलाई जानकारी दिए पनि अचानक बुधवार दिउँसो बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लैजानु पर्ने अवस्था सृजना भयो । यो बेला सम्म खासै ठूलो समस्या होईन भन्दै हामीलाई रिफर गरेको उनले बताए । उनले एक दिनमा मात्रै आफुले अस्पताललाई ८० हजार रुपियाँ बुझाएको बताए । उनी भन्छिन् अब के गर्ने मैले आर्थिक जोहो गर्न परो घर ७८ वर्षकी आमा र ८१ बर्षको बुवा हुनुहुन्छ मैले कसरी ति सन्तानलाई हुर्काउने हो सोच्नै सकिरहेको छैन । त्यो पनि सामान्य अवस्थाको श्रीमती अस्पतालले गरेको गम्भिर गल्तीको सजाय मैले र मेरो दुई दिनको बच्चाले भौग्दै छौ त्यो महसुस यो अस्पताल प्रशासनले गर्नुपर्देन ।

मृतकका जेठाजु गोविन्द बेलवासेले शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै यस्ता अस्पताललाई सञ्चालनमा रोक लगाउनु पर्ने बताए । उनले आफुहरू चिकित्सकको सल्लाहमा मात्र ओम अस्पतालमा शल्यक्रियाका लागि पुगेको बताए । उनी भन्छिन् अस्पताल प्रशासनमा के के सुविधा छ भन्ने विषयमा आफुहरूले पनि चासो नराख्नु दुभाग्र्य भएको बताए । उनी भन्छन् आईसीयु नै नभएको अस्पतालमा कसरी विरामीको अप्रेसन गरियो ? यो गर्न मिल्छ कि मिल्दैन ?

मृतकमा आफन्त गंगाधर भण्डारीले अस्पतालले संचालन ईजाजत भन्दा बाहिर रहेर काम गरिरहेको बताए । ईजाजत पत्रमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया उल्लेख भए पनि अस्पतालले गम्भिर प्रकृतिका शल्यक्रिया गरेको आरोप लगाए ।
उनले भने रिफर पछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर रगत चेकजाँंच गर्दा रगतमा ईन्फेक्सन देखिएको थियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा इन्फेक्सन देखियो । उनलाई सेतो रगतको आवश्यकता प¥यो । बुटवल रेडक्रसको रक्तसंञ्चार केन्द्रमा सेतो रगत बनाउने उपकरण विग्रीएको कारण भैरहवा सेतो रगत बनाउनका लागि तयारी गर्दा सुत्केरीको ज्यान गए पछि अस्पतालले हामीलाई मृत्युको कारण दिनुपर्देन उनी प्रतिप्रश्न गर्दछन् ।

मृत्यु भएकी सृजना रूपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयकी शिक्षिका हुन् । यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी बिरामी हुन् । शरिरभरी युरिन फैलिएको कारण कलेजो, मृगौला लगायतका असर गर्न सुरु गर्दा सम्म, शास फेर्न समेत गाह्रो भएको अवस्थामा विरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्नेमा अस्पतालमा कुनै नियन्त्रण उपकरण नै नभएको कारण थप जटिलता भएको जेठाजु बेल्बासेको दावि छ ।

मृतक पौडेलका आफन्तले केशजटिल हुँदासम्म पनि अस्पताले अन्य अस्पतालमा रिफरको लागि ढिलाई गर्नु, आईसीयु नै नभएको अस्पतालमा अप्रेसन गरेर एउटा नाबालक बच्चाको भविष्य माथि खेलबाड गरेको भन्दै अस्पताल प्रशासनले गल्ती स्वीकार गर्दे दुई नाबालक बच्चाको लालनपालन र उनीहरूको शिक्षको जिम्मेवारी दिनुपर्ने अडान दिएका छन् ।

अस्पतालका निर्देशक तथा विरामीको अप्रेसन गरेकी चिकित्सक डा. शर्मिला शर्माले नहुनु पर्ने दुःखद घटना भए भन्दै दुख व्यतm गरिन । उनले बिरामीको अप्रेशन गरेको चार पाँच घण्टा सम्म अवस्था सामान्य रहे पनि पिसावमा समस्या भएपछि मात्रै आफू अरू चिकित्सको सल्लाहमा लुम्बिनी प्रादेशिक अस्पतालमा परफिर गरेको बताईन । उनले सबै बिरामीका लागि आईसीयु नचाहिने र चाएिको बेलामा लुम्बिनी प्रादेशिक अस्पताल संग सहकार्य गर्ने गरेको बताईन ।

शान्ती नमुना माविका प्रअ कुलप्रसाल लामिछानेले अस्पतालको कमजोरी कारण सृजनाले ज्यान गुमाएको बताए । उनले सुत्केरी गराउने जस्तो मेजर अप्रेसनलाई सामान्य रूपमा लिलना यो अवस्था आएको हो । अब ति दुई नाबालकहरू अवस्था कस्तो हुन्छ । कस्ले स्याहारसुसार गर्छन । अत्यन्त दुःखको अवस्थाको सृजना भयो । मृतक पौडेलले बुधवार विहान चिकित्सक शर्मिला शर्माले सर्जरी गरेर उनले साढे आठ बजे बच्चा (छोरी) लाई जन्मदिएकी थिईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?