© २०२३
बुटवल, १९ साउन ।
बुटवलबाट निरन्तररूपमा प्रकाशित हुँदै आएको बुटवल टुडे राष्ट्रिय दैनिक प्रेस काउन्सिलको वर्गिकरणमा ‘क’ वर्गमा कायम भएको छ । प्रेस काउन्सिल नेपालले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वितरण संपरिक्षणमा बुटवल टुडे राष्ट्रिय दैनिक ‘क’ वर्गमा वर्गिकृत भएको हो ।
यस अघिपनि बुटवल टुडे राष्ट्रिय दैनिक ‘क’ वर्गमा कायम रहेको थियो । पत्रिका वर्गिकरणका लागि काउन्सिलमा दर्ता भएका ९ सय पत्रिका मध्ये ७ सय ९३ वर्गिकरणमा परेका थिए । त्यस मध्ये मध्ये ‘क’ वर्गमा १ सय ७५ पत्रिका परेका छन् । त्यसैगरि ख वर्गमा ४ सय २ र ग वर्गमा मा २ सय १६ पत्रपत्रिका परेका छन् । प्रेस काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार स्थगनमा ७० वटा पत्रपत्रिका र हुबहुमा ३७ वटा पत्रपत्रिका परेका छन् ।