ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

रगत अभाव टार्न रक्तदान

१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

बुटवल, १८ साउन । बुटवलमा रगत अभावलाई रोक्न विभिन्न संघसंस्थाहरुले नियमित रक्तदानलाई जोड दिएका छन । बुटवलमा दैनिकजसो रक्तदान कार्यक्रम चलिरहेको छ । यसैबिच शुक्रबार राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटिको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलमा नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । सामाजिक परिवर्तनका बाहक युवाहरु अब अभियानमा लाग्नुपर्ने सुझाव दिदै उनले रक्तदान समाजिक कार्यमध्येकै उत्कृष्ट काम भएको बताए । रक्तदान गर्दा रक्तदाता आफु स्वास्थ्य भएको प्रमाण समेत हुने हुदा नियमित ३—३ महिनामा रक्तदान गर्ने अभियानमा युवाहरुलाई जोड्न आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष बिकास जंग बस्नेतले हरेक दुई सेकेन्डमा विश्वभर बिरामीलाई रगतको आवश्यकता पर्ने तथ्याक रहेको भन्दै नियमित अभियन्ताहरुबाट नै यो आवश्यकता पुरा गर्न सकिने बताए । विशेष गरि प्लाज्मा थेरापी, दुर्घटना, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि अवस्थामा रगतको एकदमै आवश्यकता पर्दछ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी ईन्चार्ज केशब रोका, केन्द्रिय स्थाई कमिटी सदस्य किरण नेपाल, केन्द्रिय स्थाई कमिटी सदस्य जीवन अधिकारी, एक्सपर्ट फाउण्डेसनका अध्यक्ष रोशन कंडेल, केन्द्रिय सदस्य कल्पना पाडे मगर, श्रद्धा कुवर, केन्द्रिय विज्ञ परिषद उपप्रमुख दिननाथ भट्टराई, संगठनका गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनाल, नेपाल एमाले जिल्ला सदस्य नकुल शाही, नेकपा एमाले जिल्ला सदस्य कृष्ण मल्ल ठकुरी, नेकपा एमाले जिल्ला सदस्य दिनेश फुल्लेल, ईश्वर न्यौपाने, केन्द्रिय आयोग सदस्य बिकास गहतराजले स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुने हुदा पनि रक्तदानलाई जोड दिन आग्रह गरे ।

विभिन्न रक्त समुहको अभावलाई मध्येनजर गरि आयोजना गरिएको कार्यक्रममा ६६ युनिट रगत संकलन भएको संघका सचिब दिपेश कंडेलले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?