© २०२३
बुटवल, १७ साउन ।
कृष्ण भण्डारीसहितको समाजसेवीहरुको टोली वृक्षारोपणका लागि संकल्प अभियान लिएर रुपन्देहीबाट गुल्मी पुगेको छ । अभियान अन्तर्गत १०८ वटा वर, पीपल, स्वामीका बिरुवा रोपिएको छ । बृहत वृक्षारोपण कार्यक्रमका लागि संकल्प अभियान चलाएका कृष्ण भण्डारीले विभिन्न समाजसेवीलाई यस अभियानमा सहभागी गराएका थिए ।
वृक्षारोपण कार्यक्रममा रूपन्देही मणिग्रामका समजसेवीहरु कृष्ण भण्डारीसहित कृष्ण भट्टराई( खिम), ओम भण्डारी, गोपाल सापकोटा, बिदुर भण्डारीका साथै चालक हिक्मत पुलामी सहभागी थिए ।
उक्त टोलीले भारी वर्षाको समेत प्रवाह नगरी रुपन्देहीबाट वृक्षारोपण अभियान लिएर गुल्मीको सत्यवती गाउँपालिकातर्फ लागेको थियो । सत्यवती गाउँपालिकाको कार्यालय खैरेनीमा गाउँपालिका उपाध्यक्ष निरुमाया तरामु लगायत लोकबहादुर बुडाथोकी, युवराज न्यौपाने, परसुराम भण्डारी लगायतले टोलीलाई स्वागत गरेका थिए । त्यसक्रममा अभियानको टोलीले गाउँपालिकाको टीमलाई हामी वृक्ष हस्तान्तरण गरी ढाबतर्फ प्रस्थान गर्यो । त्यहाँ वृक्षरोपणमा देवी भण्डारी, पारिश्वर भण्डारी्, दुर्गा भण्डारी, खिमलाल भण्डारी, लगायत खटिएका थिए । त्यस्तै चोरकाटेमा सुरज क्षेत्री सहयोगमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी