© २०२३
बुटवल, १६ साउन । रुपन्देहीका रोटरी क्लबहरु समुदायको आवश्यक र मागलाई मध्येनजर गरि ठुला परियोजना ल्याउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सामाजिक क्षेत्रमा अग्रसर रोटरीहरु सामुहिक दीर्घकालिन परियोजनामा केन्द्रित हुुनुपर्ने उनिहरुको सुझाव दिए । रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा र स्वस्थ्यको क्षेत्रमा परिवर्तन हुने गरि काम गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ का आईपिडिजि राजेन्द्र ध्वजुले बुधबार उद्घाटन गर्दै रोटरीको मुलमर्म अनुसार काम गर्नुपर्ने बताए । उनले बर्ष २०२४–२५ का अध्यक्ष शिव ज्ञवालीलाई बेल, संस्थापक प्रमाणपत्रसहित क्लबको बर्ष २०२३–२४ को अध्यक्ष कमला हमालले शुभकामनासहित पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बर्ष २०२४–२५ का अध्यक्ष शिव ज्ञवालीले अहिलेसम्म क्लबबाट यस क्षेत्रमा ग्लोबल ग्राण्ट अन्तरगत २ वटा परियोजना संचालन गर्न सफल भएको बताए । गौतमुबद्घ मुटु अस्पताल र आम्दामा एनआईसियु जडानको काम भएको भन्दै आफनो कार्यकालमा थप दुई वटा परियोजना अगाडी बढाएको प्रतिवद्घता जनाए । क्लबमा महिला सदस्यतामा जोड दिदा कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै अहिले पनि २० प्रतिशतभन्दा बढि नतिजा आउनुको कारण भएको समेत उनले दाबी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्याल, पुर्व डिजि बासुदेव गोल्यान, रोटरी डिष्ट्रिक अफिसर एजाज आलम, जोन १८ का एजी जिवन अर्याल, डिडिआर विक्रम क्षेत्री, क्लबका पुर्व अध्यक्ष राजेन्द्र ढकालले रोटरीको अभियानलाई सबै मिलेर सर्भिस परियोजना अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबहरु मिलेर समय ब्यवस्थापनसंगै अब नया उदाहरणिय कामलाई अगाडी बढाउनुपर्ने बताए । सामुहिक रुपमा परियोजनाबाट यस क्षेत्रका क्लबहरुको पहिचान बनेको हुदा पनि थप शिक्षा र स्वस्थ्यको क्षेत्रमा काम गर्न जरुरी रहेको उनले बताए । ल्याएर दिर्घकालिन योजना बनाउनुपर्ने
कार्यक्रममा बर्ष २०२३–२४ को अध्यक्ष कमला हमालले आफनो कार्यकालका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गर्दै तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका १७ सय जना महिलाहरुको पाठेघरको क्यान्सरको परिक्षण गर्न सफल भएको बताईन । यो स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम भएको उनले बताईन । ओम बाल तथा महिला हस्पिटल प्रालि र परिवार नियोजन संघको प्राविधिक सहयोगमा भएको परिक्षणबाट केही जटिल समस्या देखिएका बिरामीहरुको उपचार समेत भैरहेको उनले बताईन ।
यसैबिच कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ मा उत्कृष्ट एजी, अध्यक्ष, सचिवबाट सम्मानित भएका क्लबका एजी सुनिल श्रेष्ठ, अध्यक्ष कमला हमाल, सचिव प्रकाश पौडेल, जर्नो अवार्ड प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठलाई समेत सम्मान गरिएको संयोजक बाबुराम बन्जाडेले बताए ।
यसैगरि कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका रोटरी सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको वर्ष २०२४÷२०२५ का सचिव कमल नेपालले बताए ।