ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

स्याङ्जा कारीकोट समाजको रक्तदान

१७ वर्ष पार हरेक परिवारका सदस्यलाई रक्तदान अभियानमा सहभागी बनाउन जरुरी रहेको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको सुझाव छ ।
१७ श्रावण २०८१, बिहीबार
१७ श्रावण २०८१, बिहीबार

बुटवल, १७ साउन । स्याङ्जा कारिकोट चण्डिभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । समाजको दोस्रो स्थापना दिवसको अवसर पारेर बिहिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, समाजका अध्यक्ष शालिकराम पाण्डेले ब्लड ब्याग हस्तान्तण गरि शुभारम्भ गरे ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जन्मथलो र कर्मथलोलाई जोड्ने गरि समाजप्रति उत्तरदायी बनाउन महत्वपुर्ण योगदान भएको बताए । ‘अहिले रक्तदाता बढेको छ ।’— उनले भने । यहा रगतको माग पनि धेरै हुदा अभाव देखिने गरेको उनले बताए । कार्यक्रमलाई निरन्तरताका साथ अझ भब्य रुपमा हुने गरि १७ वर्ष पार गरेका हरेक परिवारको सदस्यलाई जोड्दै लैजान उनले सुझाव दिए । रक्तदान गर्नुपुर्व परिक्षण हुने साथै रगत दान गरेपछि समेत रगतबाट सर्ने रोगहरुको बारेमा समेत थाहा पाउन सकिने हुदा निरोगिताको प्रमाणपत्र प्राप्त हुने उनले बताए । विज्ञानमा समेत रक्तदान धेरै बाच्ने आधार भएको प्रमाण पेश भएको उनले दाबी गर्दै रक्तदानको महत्व बुझाउन जरुरी रहेको उनले बताए ।

प्रत्येक वर्ष साउन १७ गते बुटवल जाउ, रक्तदान कार्यक्रममा सहभागी बनौ नारासहित स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष पाण्डेले बताए । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष केशवराज कोईरालाले वार्षिक क्यालेण्डर नै बनाएर निरन्तर रक्तदान कार्यक्रमलाई जोड्दै आएको बताए । सामाजिक कार्यमध्ये सबैभन्दा पुण्य काम रक्तदान भएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार पुरुषोत्तम पाण्डे, जग बहादुर रेश्मी, यम बहादुर सोमई, नैनसिह राना, सदस्य खड्ग बहादुर झेडीमगर, समाजका सचिव पिताम्बर शर्माले रक्तदाताहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष भवन कुमारी सोमईले बताईन । समाजमा ३८४ सदस्यहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?