© २०२३
चन्द्रौटा(कपिलवस्तु), १७ साउन ।
डिभिजन वन कार्यालय र सामुदायिक वनका क्रियाकलापप्रति संयुक्तरुपमा असन्तुष्टि जनाएका छन् । सुकुम्बासी समुदायको अधिकारका लागि संघर्ष समिति र विभिन्न संघ संगठनहरूको संयुक्तरुपमा बुधबार कपिलवस्तुको चन्द्रौटामा विशाल ¥याली गरी असन्तुिष्ट जनाएका हुन् ।
वनले गरेका कामको उनीहरुले कडा आलोचना गर्दै सुकुम्बासीहरूको मौलिक हकको संरक्षणको माग गरेको छन् । संघर्ष समितिले सरकारलाई ७ दिने अल्टिमेटम जारी गर्दै सुकुम्बासीहरूको क्षतिपूर्ति र पुनर्बहालीको माग गरेको छ । माग पूरा नभए कडा आन्दोलन हुने समितिले चेतावनी दिएको छ ।
विरोध सभामा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिवालय सदस्य प्रेम बिश्वकर्माले बुद्वभूमी नगरपालिकाका नागरिकहरूलाई उठिबास लगाउँदा राज्यका निकायहरूको मौनता अक्षम्य भएको बताउँदै गम्भीर असन्तोष व्यक्त गरे । उनले भने ः “हामी यहाँका स्थायी बासिन्दा हौं, तर हाम्रो अस्तित्वमाथि प्रश्न उठाइँदैछ ।” यसैबीच अखिल नेपाल सुकुम्बासी संघ क्रान्तिकारीका खेमान सिंह परियारले चुनावमा भोट माग्ने क्रममा गरिएको लालपुर्जा दिने आश्वासन पूरा नभएको बताए । “राजनीतिक दलहरूले आश्वासन दिए, तर जब लालपुर्जा दिने बेला आयो, वन कार्यालयले उठिबास लगाएको उनले बताए । उक्त विरोध ¥यालीले सुकुम्बासी समुदायलाई एकताबद्ध गर्दै उनीहरूको हकका लागि संघर्षलाई थप सशक्त बनाएको संघर्ष समितिले जनाएको छ ।
सरकारले यथाशीघ्र आफ्नो माग पूरा नगरे कडारुपमा उत्रिने समितिले चेतावनी दिएको छ । संघर्ष समितिका अध्यक्ष कृष्ण घिमिरे, लालु खनाल, भुमीहिन संघ ,अखिल नेपाल सुकुम्बासी संघ, अखिल नेपाल सुकुम्बासी संघ क्रन्तिकारी, भुमि अधिकार श्रमिक संगठन, राप्रपा नगर सुकुम्बासी प्रतिनिनि एम.बि सुनार लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।