© २०२३
चन्द्रौटा(कपिलवस्तु), १६ साउन ।
कपिलवस्तुको चन्द्रौटामा मानव बेचबिखनबिरुद्ध दीप प्रज्वलन गरिएको छ । “मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता“ भन्ने नाराका साथका मंगलबार साँझा चन्द्रौटा चोकमा दीप प्रज्वलन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
शान्ति पूनःस्र्थापना गृह कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले मानव बेचबिखन जनघन्य अपराध रहेको बताए । उनले अपराध गर्नेलाई कानुनी दायरा ल्याई कडा सजाय दिनुपर्ने बताए । विगतका लामो समयदेखि कपिलवस्तुमा सक्रिय रहि मानव बेचबिखन विरुद्ध शान्ति पूनः स्र्थापना गृहले गरेको कार्य सहराहनिय रहेको उल्लेख गरे । विभिन्न प्रलोभनमा पारी अल्पत्र परेका वा आम नागरिकलाई विदेशमा गैर कानुनी कार्यमा संगलन गराएका चेलिबेटीलाई गृहले उद्दार गरि बेचबिखन नियन्त्रणमा योगदान गरेको जिकिर गरे ।
उक्त दिप प्रज्वलन कार्यक्रममा गृह कपिलवस्तुका संयोजक तिम्लिसिनाले बेचबिखन विरुद्धको दिवसको उद्देश्यबारे आएको प्रष्ट परे । मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडा, शिवराज नगरपालिका वडा नम्बर १ र ५ का वडा अध्यक्ष खिमबिक्रम केसी, नेत्र प्रसाद बेल्वासे, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, लगायतले कार्यक्रमलाई सम्बोधन गरेका सम्पर्क कार्यालय चन्द्रौटाकी प्रमुख सुशिला खनालले जानकारी दिइन् ।