© २०२३
रौतहट । पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पत्रकार फणि महतको उपचारमा सहयोग गर्न सरकारसंग आग्रह गरेका छन । उनले जीवन र मृत्युको दोसाँधमा जुधिरहेका पत्रकार फणि महतको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिरहेका महतलाई यतिवेला पुनः सोही समस्या बल्झिएको छ । उनले केही समयअघि चिकित्सकको सुझावअनुसार भारतको नयाँ दिल्ली गएरपनि उपचार गराएका थिए । तर, गम्भीर आर्थिक अभावको कारण उपचारमा बाधा सिर्जना भएको छ।
लामो समय पत्रकारितामार्फत आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै देश र जनताको हितको लागि निर्भिक रही सधैं सही र तथ्यपरक सूचना सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिनुभएको निष्ठावान पत्रकार महतको उपचारमा वर्तमान सरकारले विशेष पहल लिएर आर्थिक सहयोग प्रदान गरोस अध्यक्ष साहले माग गरेका छन्।
सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङमार्फत महतको उपचारको लागि तत्काल सहयोग राशि घोषणा गर्न पूर्व मन्त्री साहले सरकारसमक्ष माग गरेका छन् । साथै, सहयोगी मनलाई उनको उपचारमा सहयोग गरिदिनुहुन हृदयदेखि नै अपिल गर्दछु उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
पत्रकार फणि महत अनपुर्ण पोस्ट दैनिकको रौतहट सम्बादाता तथा चन्द्रनिगापुरबाट संचालित रेडियो सुप्रीमका अध्यक्ष हुन् । उनी नेकपा एमाले निकट प्रेस चौतारीका मधेश प्रदेशका अध्यक्ष पनि हुन्
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी