© २०२३
सुर्खेत, १६ साउन । सुर्खेतमा ठूलो मात्रामा अबैध चिनी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलबाट ठूलो परिणाममा चिनी बरामद गरेको हो ।
चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको जनाएको छ । कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो । प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८० हजार रहेको छ । बरामद चिनी, ट्रकसहित चालक राजकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ ।