ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’ >> स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म >> तीन मिठाई पसललाई ६० हजार जरिवाना >> फेब्रुअरी महिनाः आयोडिन नुनको महिना >> मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने >> मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा >> रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक >> ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ >> मिलनको ह्याट्रिकमा आयोजक लखन विजयी >> क्याननको रजत महोत्सव >> यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका >> अष्ट्रेलियाको सात शहरमा नेपथ्य >> चिकित्सा शिक्षा आयोगको बैठकः मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन जोड >> ‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान >> पत्रकारिता र सञ्चारः उहिले र अहिले >> फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर >> सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो >> ‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने >> च्याम्पियन्स लिग: सिटीको मैदानमा रियलको रोमाञ्चक जित >> खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ >> आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु

कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित

१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

कथाकार गोपी मैनालीको कथा संग्रह विशृंखलित सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका हुन्।

प्राज्ञ काइँलाले कथाकारबाट विशृंखलित सपनामा समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए। गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले सोही स्तरको कथा पस्किएकोमा उनले खुसी व्यक्त गरे।

समालोचक प्रा। डा। लेखप्रसाद निरौलाले कृतिमाथि  समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथाबस्तुका आधारमा मैलालीका कथा उच्च कोटिको भएको बताए। प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति रहेको उनको भनाइ छ। मैनालीको समालोचनाको कृति समीक्षा गरेको प्रसंग उल्लेख गर्दै उनका अभिव्यक्ति परिस्कृत घनत्वतर्फ रहेको उनको बुझाइ छ।

अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, बात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गरिन्।

पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले इमान्दारी र सदाचारका उदाहरणीय पूर्वप्रशासककाट मैनालीबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाइ दिँदै सबै पूर्वप्रशासकलाई आफूले भोगे(देखेको कुरा लेखेर राष्ट्रसेवा गर्न अनुरोध गरे।

वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहने उल्लेख गरे। मैनालीका कथामा पनि उनको निबन्धकीय व्यक्तित्वको छाप रहेको प्रसंग उनले कोट्याए।
प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गरे।

नायक सरोज खानालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरुले पनि योगदन दिनुपर्ने आवश्यकता औंल्याए।

सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले कथाकार मैनालीले समाजमा रहेका पात्रलाई उठाएर आफ्नै समय, समाज र पात्रको अनुभूतिमा कथा लेखेको उल्लेख गरेका थिए।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असजिलो हुने भए पनि दार्शनिक र साहित्यिक सन्दर्भ उल्लेख गरे। सुरभि साहित्य प्रतिगठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको बताए।

कार्यक्रममा संवैधानिक निकायका पूर्वप्रमुखहरू, पूर्वगभर्नरहरू, पूर्वप्रहरी प्रमुखहरू, समाजसेवी, चालीस दशकदेखि साहित्यमा कलम चलाउने पुरानो पुस्ता र नवीन पुस्ताका सर्जक, साहित्यानुरागीलगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?