© २०२३
बुटवल, ४ कात्तिक ।
सत्तारुढ गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङको रिटमाथि सर्वोच्च अदालतमा आज सुनावाई हुने भएको छ । यसअघि कात्तिक २ गते हेर्न नभ्याइनेमा परेको गुरुङको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।
बैंकको चेक अनादरमा कालोसूचमिा परेकाले उम्मेदवार खारेजीको माग गर्दै उनीविरुद्ध उजुरी पछि निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएका थिए । सर्वोच्च अदालतले असोज ३१ गते प्रारम्भिक सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश दिंदै उम्मेदवार खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
गुरुङ सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको कोटामा उम्मेदवार बनेका थिए । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड ‘ज’ तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ ‘ज’ बमोजिम गुरुङको मनोनयन अयोग्य ठहर गरेको थियो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ । सोही दफा १३ को खण्ड ‘ज’मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी