ट्रेंडिंग:

>> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि

विमान गुल्मी आउन ‘मौसम बाधक’

एक महिना देखि हवाई उडान अवरुद्ध, वर्षमा १ सय २५ उडान
१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

गुल्मी, १५ साउन ।
विगत एक महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण गत असार १४ गतेदेखि उडान सेवा अबरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताएका छन ।
साताको तीन पटक नियमित उडान हुँदै आएकोमा नेपाल एयरलाइन्सले प्रतिकुल मौसमका कारण उडान गर्न नसकेको हो । हवाई उडानका लागि रेसुङ्गा ‐काठमाण्डौ र काठमाण्डौ–रेसुङ्गा आवतजावत गर्न टिकट बिक्री गर्ने काम भने जहाज नआएपनि रोकेको भने छैन । टिकट काटे पनि मौसम खराब भएपछि यात्रुहरूलाई उडान नहुने भन्दै खबर गर्ने गरिन्छ ।

यात्रुहरूको चापका कारण साताको तीन पटक यहाँ उडान हुँदै आएको थियो । मौसममा सुधार नआउँदासम्म उडान गर्न समस्या परेको र यो समस्या साउन महिनाभर रहन सक्ने विमानस्थलका स्टेशन प्रमुख थापाले बताए । गुल्मी–काठमाण्डौका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आईरहेको छ । काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका तोकीएको छ ।
नेपाल एयरलायन्सले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार ५०० रूपैयाँ भाडा निर्धारण गरेको छ । जिल्लामा गत एक वर्षदेखि व्यावसायीक रूपमा नियमित रूपमा हवाई उडान सुरु गरिएको हो ।

रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्यधिक हावा चल्ने भएका कारण बिहान ११ बजेसम्म मात्र उडान गर्न सकिने बताईएको छ । पछिल्लो समयमा हवाई उडान शुरु भएपछि गुल्मी जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूको संख्यामा पनि बृद्धि भएको छ ।
रेसुङ्गा विमानस्थलबाट काडमाण्डौका लागि एक वर्षकोे अबधिमा १ सय २५ वटा उडान भएको छ । सदरमुकाम तम्घासदेखि ५ किलो मिटरको दुरीपछि सजिलैसँग रेसुङ्गा विमानस्थल पुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?