© २०२३
बुटवल, १४ साउन । विश्व हेपाटाईटिस दिवसको अवसरमा रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालले लागू औषध न्युनिकरण सम्बन्धी सचेतना तथा हेपाटाईटिस परिक्षण कार्यक्रम गरेको छ । देविनगरस्थित आशा फाउण्डेसन (लागुपदार्थ, मद्यपान उपचार तथा पुर्नस्थापना केन्द्र) मा उपचार गरि राखेकाहरुलाई लक्षित गरि एक दिने लागूऔषध न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा हेपाटाईटिस बि परिक्षण गरिएको हो ।
कार्यक्रममा क्लबका डा बिक्रम काफलेले लागु औषध प्रयोगकर्ताको नेपालको तथ्याक र बढ्दो अवस्थाको बारेमा प्रकाश पार्दै यसको न्युनिकरणमा पुर्नस्थापना केन्द्रको योगदानबारे बताए । विभिन्न कारणबाट लागुऔषधमा फस्न पुगेका युवाहरुलाई सुधार भएका धेरै घटनाहरु रहेको भन्दै उनले कारणको खोजी गरि समस्या समाधानमा लाग्नुपर्ने सुझाव दिए । लागुऔषधको प्रयोगले हुने शारीरिक, मानसिक र सामाजिक असरको बारेमा छलफलसंगै लागुऔषध तथा मद्यपानको अत्याधिक प्रयोग एक मानसिक समस्या भएको भन्दै उनले अन्य रोगजस्तै उपचार गरेमा ठिक हुने बताए ।
कार्यक्रममा डा मनिष विश्वकर्मा र डा साहिल भुषालले हेपाटाईटिस बि सर्नुका कारणहरु र यसबाट बच्ने उपायको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा केन्द्रका विजय बस्नेतले यसको न्युनिकरणका लागि स्वयं ब्यक्ति, परिवार, समाजबाट सहयोग जरुरी रहेको बताए । समाज सुधारको महत्वपूर्ण माध्यमका रुपमा संचालन भएका पुर्नस्थापना केन्द्रबारे सबै संघसस्थाहरु सहकार्य र सकारात्मक सहयोग जरुरी रहेको बताए । ए वन हेल्थ तथा केपिएल डाईग्लोस्टिकको प्राविधिक सहयोगमा केन्द्रमा रहेका २५ जनाको रगत संकलन गरि परिक्षण गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी