ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

रोटरी क्लब अफ सेन्ट्रलको नवौं पदस्थापन

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

बुटवल, १४ साउन । विश्वकै एक मात्र पृथक रोटरीको रुपमा स्थापित रोटरी क्लब अफ सेन्ट्रल, बुटवलको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष दिनेशराज रेग्मीको टिमले एक समारोहका वीच पदस्थापन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी ईन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गर्भनर रो. राजेन्द्रमान शेरचनको उपश्थितीमा क्लकका आईपीपी गणेशप्रसाद अधिकारीले रेग्मीलाई बेल र गोङ हस्तान्तरण गर्नु भएको थियो भने क्लबको चाटर्ड सर्टिफिकेट चाटर्ड प्रेसिडेन्ट एजाज आलमले प्रदान गरे ।

पदस्थापनमा बोल्दै डिष्ट्रिक गर्भनर रो.राजेन्द्रमान शेरचनले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीबाट काम गर्दै आएको उल्लेख गर्दै छुटै पहिचानसहित सेन्ट्रल क्लब स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहदै उल्लेख काम गरेको बताए । गर्भनर शेरचनले रेटरीले सञ्चालन गर्दै आएका परियोजनाका बारेमा बढिभन्दा बढि समाजमा प्रचारप्रसार गर्न सुझाव दिदै रोटरीले मिस नेपाललाई ब्राण्ड एम्बेसडर, मिस अर्थ, मिस नेपाल वर्डलाई समेटेर देश व्यापी प्रचार अभियानमा लाग्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सामाजिक सेवा भावका साथ रोटरीका कार्यक्रमहरु अघि बढेको भन्दै यसमा राज्यबाट सहजिकरण गर्ने काम आवश्यक रहेको बताए । बुटवलमा सञ्चालनमा रहेको मुटु अस्पताललाई व्यवस्थित रुपमा चलाउने क्रममा देखिएका समस्याहरुको समाधान छिटै हुने विश्वास व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष एजाज आलमले नयाँ ढंग र सोंचमा क्लब अगाडी बढ्ने गरि स्थापना गरिएको बताए । रोटरीको नेतृत्वमा रिजन ५ ले दावी प्रस्तुत गर्ने सहि समय आएको हुदा सबै क्लबलाई एक भएर अगाडी बढ्न उनले आग्रह गरे ।

कार्यक्रममा वर्ष २०२४/२५ का अध्यक्ष रेग्मीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सनबारे धारणा राख्दै विगतको कामलाई थप व्यवस्थित र नयाँ ढंगले अगाडी बढ्ने प्रतिवद्धता बताए । क्लबका आइपिपि अधिकारीले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद दिए । कार्यक्रममा ईलेक्ट अध्यक्ष पुरन बहादुर ज्ञवाली, मिनराज भारद्वाज, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, डिष्ट्रिक अफिसरहरुकोतर्फबाट पोलियो प्लस सव कमिटिका चियर ध्रुव धितालले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?