ट्रेंडिंग:

>> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

तिलोत्तमा व्यापार संघद्वारा परिवर्तित कर नीति र मौद्रिक नीतिबारे अन्तक्र्रिया

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

तिलोत्तमा, १४ साउन ।

नेपाल राष्ट्रबैंकले ल्याएको मौर्दिक नीतिले निजी क्षेत्रलाई सकारात्मक उर्जा दिएको सरोकारवालाले बताएका छन् ।

तिलोत्तमा व्यापार संघले सोमबार आयोजना गरेको “परिवर्तित कर नीति तथा मौद्रिक नीति–२०८१” सम्बन्धी अन्तक्र्रियामा सरोकारवाला व्यवसायी, बैंकर्श एवं कर प्रशासकहरुले मौद्रिक नीतिले निजी क्षेत्रमा आशाको सञ्चार गराएको बताए ।

मौद्रिक नीतिबारे जानकारी दिंदै नेपाल राष्ट्रबैंक भैरहवाका निर्देशक विज्ञान सुवेदीले गत वर्ष कर्जा प्रवाह न्युन हुँदा मुलुकको समग्र अर्थतन्त्रमा नै शिथिलता आएको भन्दै यो वर्ष मौद्रिक नीतिले साढे १२ प्रतिशत कर्जा प्रवाह वृद्धि गर्ने लक्ष्य राखेकाले आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

कर्जा प्रवाह वृद्धि हुँदा लगानी र रोजगारी वृद्धि हुने भन्दै उनले मौद्रिक नीतिले धेरै कुरा समेटेको र निर्माण क्षेत्रलाई बढी संबोधन गरेको बताए । उनले मुद्रा स्फिति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकाले यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रममा कर नीतिमा भएका परिवर्तनबारे जानकारी दिंदै आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्यालले बाहिरबाट आयात हुने वस्तुमा अग्रिम कर लगाइएको भन्दै यसले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बताए ।

उनले आर्थिक विधेयक २०८१ मा व्यवस्था भएको परिवर्तित कर नीतिका सम्बन्धमा विस्तृत रुपमा प्रकाश पारेका थिए । कार्यक्रममा तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले व्यवसायीहरुलाई कर सम्बन्धी सम्पूर्ण ज्ञान हुनु जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता सदनुपर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले परिवर्तित कर नीति र मौद्रिक नीतिका विशेषताबारे व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । त्यस अवसरमा व्यवसायीहरुले कर तथा मौद्रिक नीतिका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । संघका महासचिव विष्णु कालीराजले कार्यक्रम व्यवसायीहरुका लागि उपलव्धिमूलक रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission