ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

अर्थमन्त्री र गभर्नरलाई गृहमन्त्रीको आग्रहः ब्याज वृद्धि तत्काल रोक्नुस्

३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

भैरहवा, ३ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएकोले बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले बिहीबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल ब्याज बृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उनले भने ।

मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाँणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिए । ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज बृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज बृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’

उद्योगी–व्यवसायीलाई व्यवसाय संचालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रबद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्व भएको बताउँदै गृहमन्त्री खाँणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’

गृहमन्त्री खाँणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताए । ‘हामीले मौद्रिक नीतिलाई सुधारमात्रै होइन्, परिमार्जन गर्नेछौं, आवश्यक परे संशोधन पनि गर्नेछौं’, उनले भने, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी–व्यवसायीलाई यो सरकार तपाईंहरुको पक्षमा छ, तपाईंहरुको समस्यालाई हल गर्न तयार भन्न चाहन्छु ।’

यस्तै, अर्को प्रसंगमा गृहमन्त्री खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताए । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको प्रष्ट्याए । खाँणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोशिस गरिरहेको जनाउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे । उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए ।

क्षेत्र नम्बर ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले मुलुकलाई प्रतिगमनतिर लैजाने कि अग्रमनतिर भन्ने छिनोफानो गर्ने दिन मंसिर ४ भएको बताए । ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन र नेपाली काँग्रेसले जित्नु जरुरी छ’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?