© २०२३
बुटवल, १४ साउन ।
रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा स्वास्थ्य सचेतना प्रदान गरिएको छ । क्लवको २१३ औं नियमित बैठकका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. हरिप्रसाद पन्थीले स्वास्थ्य सचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा डा. पन्थीले मानिस कसरी स्वस्थ रहने र यसका लागि कस्तो जीवनशैली अपनाउनु पर्छ भन्ने विषयमा प्रकाश पारेका थिए । व्यक्तिले आफ्ने दैनिक रहनसहनलाई सन्तुलित राख्न सकेमा धेरै रोगबाट बच्न सकिने भन्दै उनले समाजमा रेविज र सर्पको डसाइबाट बच्ने उपायका बारेमा जानकारी गराउनुका साथै यसको प्रभावकारी उपचारका बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै क्लवका सदस्य समेत रहेका सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीका अध्यक्ष क्रृषिबहादुर रेश्मीले सामाजिक क्षेत्रमा रोटरीले ठूलो योगदान पु¥याउँदै आएको भन्दै आफू पनि रोटरीको माध्यमबाट पूर्णरुपमा सामाजिक कार्य गर्ने हिसावले अगाडि बढेको बताए । क्लवले सितगंगा वडा नम्बर ६ लाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरिसकेको छ ।
क्लवका चार्टड सदस्य एवं हाल रोटरी क्लव अफ लुम्बिनीका प्रेसिडेन्ट इलेक्ट पदम खनाल समेत उपस्थित कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवले हरेक शनिबार नयाँ नयाँ कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी