Butwal Today

फुलबारीमा नाडाको श्रीराशी तथा श्रीवास्तु वृक्षबाटिका रोपण

१३ श्रावण २०८१, आइतबार
अ+
अ-

बुटवल, १३ साउन । लुम्बिनी अटोमोबाईल एसोसियसन अफ नेपाल (नाडा लुम्बिनी) ले वार्षिक कार्ययोजना अनुसार शनिबार मणिमुकुन्द सेन उद्यान संरक्षण समिति परिसरमा बास्तु वृक्षारोपण कार्यक्रम गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुनिल शाक्य र गुरु जनार्दन न्यौपानेले विधिवत पुजापाठ गरि १२ राशीका विरुवाहरु रोपेका धार्मिक ग्रन्थ अनुसरा श्रीराशी तथा श्रीवास्तु वृक्षबाटिकारोपण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडाअध्यक्ष सुनिल शाक्यले ब्यवसायिक संघसंस्थाहरुबाट सामाजिक क्षेत्रमा हुने सहयोग महत्वपूर्ण रहेको बताए । समुदायको विकासमा ब्यवसायिक संस्थाहरुको योगदानबारे उनले प्रकाश पारे ।

कार्यक्रमका गुरु जनार्दन न्यौपानेले कतिपय अवस्थामा बास्तु दोषकै कारण मानव जीवनमा कठिनाई आउने ज्योतिषशास्त्रमा उल्लेख भएको बताए । विधिवत रुपमा श्रीराशी तथा श्रीवास्तु वृक्षबाटिकारोपण स्थापना गर्दा ब्यक्ति र प्रतिष्ठानलाई श्रीवृद्धि र सकारात्मक उर्जा प्रदान हुने उनले दाबी गरे ।

कार्यक्रममा नाडाका अध्यक्ष गणेशप्रसाद भट्टराईले हिन्दु धर्म र संस्कृति नेपाली समाजको पहिचान भएको दाबी गरे । कतिपय पश्चिमा देशहरु पनि हाम्रो संस्कृतिमा आर्कषित रहेको उनले तर्क दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा बृक्षारोपण अभियान्ता सन्तोष पाण्डे, बरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, महासचिव राम बेल्बासे, नाडा लुम्बिनीका कार्यसमिती सदस्यहरु खिमराज भण्डारी, पार्कका उपाध्यक्ष रमेश प्रसाद नेपाल, कोषाध्यक्ष मृनेन्द्र श्रेष्ठले पर्यटकिय क्षेत्र फुलबारीको विकासमा सहकार्य गर्दै जानुपर्ने बताए ।
कार्यक्रमका संयोजक प्रबेस भट्टराईले ब्यवसायिक हकहितसंगै आफुहरु समाजमा महत्वपूर्ण योगदान दिदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?