© २०२३
बुटवल, १३ साउन । सैनामैना ओपन स्काउट क्रिउको आयोजनामा सैनामैनामा युवाहरुलाई १ दिवसिय क्षमता अभिबृद्वी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष पुकार ढकालले युवाहरुमा आत्मबल बढाउनुका साथै जीवन उपयोगी सीप अभिबृद्वी गर्न महत्वपूर्ण हुने गरि कार्यक्रम गरिएको बताए । हरेक प्रदेशमा यस्ता गतिबिधिहरु सुरु गर्नका लागि युवाहरु परिचालन गर्ने उनले बताए ।
युवाहरूलाई साहसिक क्रियाकलापमा समावेस गराई उनिहरुको आत्मबल बढाउने तथा विपद्मा कसरी परिचालित हुन्ने भन्ने बिषयमा क्षमता अभिबृद्वी गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक रोभर शिवम घिमिरेले बताए ।
कार्यक्रममा प्रदेश कार्यकारी समिति सदस्य चन्द्रीका भट्टराईले स्काउटको स्थापना र यसबाट युवा वर्गमा हुने फाईदाका बारेमा प्रकाश पारे । कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय परिषद् अध्यक्ष पुकार ढकाल, प्रदेश कार्यकारी समिति सदस्य चन्द्रीका भट्टराई, प्रदेश एमओपी संयोजक सरस्वती शर्मा, स्थानीय स्काउट आयुक्त युवराज गौतमले कार्यक्रमले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सैनामैना नगरपालिका, सुखौरामा सम्पन्न कार्यक्रममा बुटवल, सैनामैना र कंचनका जम्मा ५२ जना युवा सहभागिता रहेको थियो ।