ट्रेंडिंग:

>> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’

घटेन गुल्मीमा नागरिकता बनाउनेहरुको भीड

दिनमै बाँडिन्छ एकसय नागरिकता
३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

गुल्मी, ३ कात्तिक ।

 

गुल्मीको जिल्ला प्रशासन कार्यालयमा यतिबेला नागरिकता बनाउनेहरुको अत्यधिक भीड बढ्दै गएको छ । गत सातादेखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीहरुको चाँप दिनानुदिन बढ्दै गएसँगै बिहानैदेखि कार्यालय परिसरमा मानिसहरुको लामो लाईन देख्न सकिन्छ । नागरिकता र राहदानी बनाउन गाउँगाउँदेखि आएका सेवाग्राहीहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि थप सास्ती व्यहोर्नु परेको छ । चाडबाडको समयमा अधिकांस मानिसहरु घर आउने र त्यही मौका छोपेर सरकारी कार्यालयमा बाँकि कामकाज समेत फत्ते गरेर फर्कने भएका कारण यो समयमा प्रशासनमा सेवा ग्राहीहरुको भीडभाड बढेको हो ।

 

विगतमा दैनिक सरदर ४० देखि ५० वटा नागरिकता वितरण गर्दै आएको प्रशासन कार्यालयमा आजकल एकै दिन १६४ वटासम्म नागरिकता बनेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएका छन् । कार्यालयमा आउने सेवाग्राहीहरुको चाँप बढेपछि अन्य कार्यालयवाट थप कर्मचारीहरु झिकाएर जनतालाई सहज तरिकावाट सेवा प्रवाह भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

कार्यालयमा सेवाग्राहिहरुको चाँप बढेपछि जिल्ला प्रशासनले अतिरिक्त समयमा पनि जनतालाई सेवा प्रवाह गरिरहेको बताएको छ । सेवाग्राहीले दुःख पाउन नपरोस् भनेर बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पनि कार्यालयवाट सेवा प¥यराईरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गौरेले बताए । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरुको भीड बढेपछि प्रत्येक फाँटहरुमा एकै ठाउँवाट सम्पूर्ण सेवा प्रवाह गर्न सुरु गरेको छ । मानिसहरुलाई सानो कामका लागि निवेदन र फाराम बोकेर हस्ताक्षरका लागि कोठाकोठामा धाउन नपरोस् भन्ने उद्देश्यले उनीहरुलाई एउटै झ्यालबाट सेवा प्रवाह गर्न सुरु गरेको बताईएको छ । सम्बन्धित फाँटका प्रमुखहरु यतिबेला फाँटमै बसेर सेवाग्राहीहरुको कागजातमा हस्ताक्षर गर्न थालेपछि सेवाग्रहीहरुलाई पनि थप सजिलो भएकोे छ ।

 

नागरिकतासँगै राहदानी बनाउन आउने मानिसहरुको संख्या पनि दिनहुँ बढ्दै भएको छ । जिल्ला प्रशासन कार्यालयवाट दैनिक ६० भन्दा धेरैले राहदानीको लागि फाराम भर्दै आईरहेका छन । राहदानी बनाउन आउने सेवाग्राहीको चाँप बढेपछि कार्यालयले टोकन प्रणाली लागु गरेको छ । मानिसहरु हातमा टोकन समातेर राती अवेरसम्म पनि आफ्नो पालो पर्खेर काम सकेपछि मात्र घर फर्कने गर्दछन । धेरै भिड बढेपछि कार्यालयले पछिल्लो दिनको लागि दिने टोकन समेत अघिल्लो दिनमै वितरण गर्न शुरु गरेको छ ।

चाडवाड सुरु हुनु अघि सामान्य मात्रमा सेवा ग्राहीहरुको उपस्थिति हुने जिल्ला प्रशासन कार्यालयमा आजभोलि दैनिक तीन सय मानिसहरु नागरिकता, राहदानी, प्रतिलिपि र अन्य सिफारिसका लागि विहान ७ वजेदेखि दिनहुँ लाईनमा बसेका हुन्छन् । कार्यालय समय सुरु हुनु अगाडि उनीहरु आफ्नो पालो चाँडै लगाएर काम फत्ते गरि घर फर्कने आशमा हातमा नागरिकताको सिफारिस बोकेर घण्टौसम्म लाईनमा बसेर पालो कुरिरहेका हुन्छन् ।

त्यसैगरी प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिने र अभिलेख प्रमाणित गर्न आउने मानिसहरुको संख्या पनि यो पटक विगतमा भन्दा धेरै छ । दशै तिहार अगाडि दैनिक १० देखि १५ जनाले नागरिकताको प्रतिलिपि लिने गरेकोमा हाल दैनिक सरदर ५० जनाले प्रतिलिपि बनाएर फर्कने गरेको प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले बताएकी छन् । जिल्लामा ७८ वर्षदेखि ८० वर्षसम्मका वृद्धवृद्धाहरु पनि नागरिकता र राहदानी बनाउनका लागि आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?