ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रूपन्देहीमा वर्षदिनमा ३७ हजारले गरे रक्तदान

१३ श्रावण २०८१, आईतवार
१३ श्रावण २०८१, आईतवार

बुटवल, १३ साउन ।
रूपन्देहीमा वर्षदिनमा करिब ३७ हजार यूनिट रगत संकलन भएको छ । बुटवल रक्तसञ्चार सेवा केन्द्र र सिद्धार्थनगर रक्तसञ्चार सेवा केन्द्रबाट एक बर्षमा उक्त परिमाणको रगत संकलन भएको जनाकारी गराइएको हो । रक्तसञ्चार सेवा केन्द्र बुटवलका ईन्चार्ज राधा ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा ३६ हजार ९ सय ५७ युनिट रगत संकलन भएको जानकारी गराएकी थिईन । उनका अनुसार बुटवल युनिट बाट २९ हजार २ सय ४८ र सिद्धार्थनगर नगरपालिका युनिटबाट ७ हजार ७ सय ९ युनिट रगत संकलन भएको जानकारी गराएकी हुन ।

५९ औ रक्तसञ्चार सेवा दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा धेरै रक्तदान गर्ने संघ संस्था तथा व्याक्तिलाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रूपन्देहीको आयोजनामा बुटवलमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने संघ संस्था र धेरै पटक रक्तदान गर्ने व्याक्ति र दुर्लभ रक्तदाता समुहलाइ सम्मान गरिएको हो ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले आर्थिक अभावको कारण समयमा नै रगत नपाएर कोही पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने हेतुले बुटवलमा उपचारको लागि आउने जुन सुकै क्षेत्रका व्याक्तिहरूको उपचारको रगत निःशुल्क उपलब्ध गराउने गरी बुटवल उपमहानरपालिका अगाडी बढेको बताएकी छिन् ।

उनले अहिले बुटवल उपमहानरापलिकाका सबै वडामा बसोबास गर्ने स्थानीयहरूलाई रक्तसञ्चार सेवा केन्द्रमार्फत कुनै नि अस्पतालमा उपचार गर्दा निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसलाई थप विस्तार गरी लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकाको अभिभावकत्व बुटवल उपमहानगरपालिकाले लिने गरी तयारी गरिएको उनले जनाकारी दिईन ।
उनिले भनिन्–‘आर्थिक अभावको कारण कसैले पनि रगत नपाएर ज्यान गुमाउन नपरोस भन्ने कुरामा हामीसचेत छौ, हामी प्रदेशका सबै पालिकाको अभिभावकत्व लिने गरी योजना बनाएर लागिपरेका छौ, अव कुनै पनि व्याक्ति आर्थिक अभावको कारण रगत नपाएर अकालमा मृत्यु हुने अवस्था बुटवलमा उपचार गर्दा आउने छैन । ’

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले रेडक्रसले देशभर मात्रै नभएर विश्वभर मानिविय सेवाले काम गर्दै आएको जानकारी दिदै अहिले दिदै आएको ९ सय ५० व्यवस्थापन र सामग्रीको शुल्क भएको जानकारी दिए । उनले कुनै पनि रक्तदाताले निःशुल्क रूपमा उपलब्ध गराएको रगतको शुल्क रेडक्रसले लिने नगरेको बताउँदै यसको व्यवस्थापन, सामग्रीको लागि मात्रै खर्च लिदै आएको बताए । स्थानीय निकाय, प्रदेश र संघीय सरकार बाट रेडक्रसलाई व्यवस्थापनको लागि खर्च उपलब्ध गराएमा पूर्णरूपमानिःशुल्क गरिने समेत बताए ।

बुटवलमा प्रदेशस्तरको ख बर्गको रक्त सञ्चारसेवा केन्द्र निर्माणको पहल सुरुवात गरिएको जानकारी दिदै अध्यक्ष पंगेनीले यसको लागि स्थानीय तह संग जग्गा माग गरिएको जानकारी दिए । बुटवमा रेहको लुम्बिनी प्रादेशिक अस्पताल संगको सहकार्यमा रक्तसञ्चार सेवा केन्द्रको भवन निर्माण गर्ने गरी पहल भएको जानकारी दिदै उनले हाल भवन रहेको स्थान रक्तसञ्चार सेवा केन्द्रले उपभोग गर्दैै आएको केही प्रमाणबाट समेत दिएको भन्दै सोही स्थानलाई लिने गरी पहल भैरहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख युवराज खत्री क्षेत्रीले निःशुल्क रक्त अभियानमा आफु जनप्रतिनिधि हुँदा सम्म रूपन्देहीका दुइ वटा रक्तसञ्चार सेवा केन्द्र बुटवल र भैरहवा संग सम्झौता गरिएकोले गुल्मीको चन्द्रकोट बाट उपचारको लागि आउने जुन सुकै विरामीले बुटवलमा रगत बापतको रकम तिर्नुपर्ने गरी व्यवस्था गरिएको बताएका थिए ।

यस्तै रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष कुशल भुषालले रक्तदान जस्तो महान् कार्यमा सबैले सहयोग गरी अगाडी बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल नियमित रक्तदाता समाज का केन्द्रीय अध्यक्ष दया बहादुर शिलवालसले निःशुल्क रूपमा उपलब्ध भएको रगतमा व्यापार गर्न नहुने बताएका थिए । यस्तै नेपाल स्वयम सेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रूपन्देही जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत निःशुल्क पाउनेमा पनि विभेद भएको भन्दै यो विभेद हटाउनको लागि प्रदेश सरकार वा संघीय सरकारले बेलैमा कदम चाल्नुपर्नेमा जोड दिएका थिए । रगत निःशुल्क हुनुपर्ने अभियान आफ्नो रहेको भन्दै उनले यदि आफ्नो संस्थालाई यो अभियानको जिम्मा दिएमा सोही दिन बाट निःशुल्क रगत उपलब्ध गराउने समेत जानकारी गराए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बेलहिया उप शाखाका अध्यक्ष राजेश गुरुङ्ग, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, नेपाल रेडक्र सोसाईटी रूपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने, जिल्ला मन्त्री राम चन्द्र उपाध्याय लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?