ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

भेरी अस्पतालको १३४ औं वार्षिकोत्सव

विशिष्टिकृत सेवालाई अझ परिस्कृत गर्न सुझाव
१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज, १२ साउन । नेपालगन्जको भेरी अस्पतालले शनिबार १३४ औं वार्षिकोत्सव मनाएको छ । प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै आम नागरिकलाई सरल र सहज स्वास्थ्य सेवा पुग्ने गरि काम गर्न सुझाव दिए । अस्पतालको भौतिक पूर्वाधार विकासमा सबै एक भएर लाग्नुपर्ने उनले बताए । संवेदनशिल अस्पतालमा सेवा दिने चिकित्सकहरु चनाखो हुन आग्रह गर्दैै उनले सबै अस्पतालमा घट्ने घटनालाई एउटै डालोमा राख्न नहुने उनले बताए ।

लामो ईतिहास बोकेको भेरी अस्पताल पूर्वाधार विकासमा सुधारसंगै सेवा प्रवाहलाई पनि विशिष्टिकृत बनाउँदै लगेको अस्पतालका मेसु डा.प्रकाश थापाले बताए । मुटुरोगीहरुलाई लक्षित गरि एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकरको सेवा अस्पतालले दिइरहेको उनले बताए । यसैगरि अस्पतालमा कार्डियो, क्याथ ल्याब सहितको सुविधा भएका सीमित अस्पताल पर्ने उनले बताए ।

यसैगरि भेरी अस्पतालमा विशिष्टिकृत सेवा अन्तरगत न्यूरो सेवा पनि दिइरहेको छ । मेसु थापाले अन्य अस्पतालको तुलनामा करिब चार गुणा कम शुल्कमा न्यूरो सम्बन्धि शल्यक्रिया भइरहेको बताए । अस्पतालमा मेडिसिन, सर्जरी, छाला रोग, अर्थोपेडिकतर्फका बिरामीहरु बाहिर रिफर गर्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘विशिष्टकृत सेवाका लागि ठाउँको अभाव छ ।’—उनले भने । पछिल्लो वर्षमा अस्पतालमा डायलाइसिस सेवा पनि विस्तार भएको छ । तीन वटा मेसिनबाट दिनमा दुई सिफ्ट सञ्चालन गरेर हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेसिनबाट दिनमा तीन सिफ्ट सञ्चालन गरी हप्तामा ५४ जनाले सेवा पाइरहेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले आफु नेतृत्वमा आईसके पछि अस्पतालको सेवा बिस्तारको काम अघि बढाएको दाबी गरे । थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसिमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार निःशुल्क औषधि उपचार, निःशुल्क आकस्मिक औषधि उपचार, ओसिएमसी निःशुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको लागि कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको उनले बताए । औषधि तथा औषधिजन्य सामग्री एमआरपी मूल्यमा खरिद हेरेर १० देखि ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्ने गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मी, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले अस्पतालको पूर्वाधारसंगै विशिष्टिकृत सेवालाई अझ परिस्कृत बनाउन सुझाव दिए । कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने ब्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?