ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

सिने क्षेत्रको प्रमुख गन्तब्य बन्न सफल नेपालगन्जको सिने रोयल

१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज, १२ साउन।
नेपालगञ्जमा गत बर्षदेखि सञ्चालनमा आएको सिने रोयलमा एक बर्ष भित्र दुई लाख बढी दर्शकले सिनेमा हेरेका छन् । गत बर्ष साउन ११ गते देखि संचालनमा आएको सिनेमा घर सिने रोयलमा २ लाख १६ हजार ६ सय ३० भन्दा बढी दर्शकले सिनेमा हेरेका हुन् । शुक्रबार पहिलो बार्षिक उत्सव मनाएको सिने रोयलले छिमेकी देश भारतबाट समेत दर्शक तन्न सफल भएको सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए । भारतको लखनउ सम्म पनि यो किसिमको सुविधा सम्पन्न सिनेमा घर नरहेको दावी गर्दे उनले भने –‘ भारत उत्तर प्रदेशको गोण्डा, लखिमपुर जिल्लाबाट धेरै चलचित्र प्रेमीहरु हिन्दी चलचित्र हेर्न सिनेरोयलमा आउँछन् ।’ सिनेरोयलमा नेपालगञ्जकासाथै बर्दिया, दाङ र सुर्खेतबाट समेत चलचित्र हेर्न आउने गरेको म्यानेजर शाहले जानकारी दिए ।

सिने रोयल भित्र तीनवटा अडिटोरियममा पाँच सय ६० सिट रहेको छ । कतिपय टाढाबाट आउने दर्शकहरु सिट नपाएर फर्केर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पहिलो बार्षिक उत्सवबै दिन सिनेरोयलले आफ्नै मोवाईल एप पनि सार्वजनिक गरेको छ । जसबाट घरमै बसेर टिकट खरिद गर्न दर्शकलाई सहज हुने मार्केटिङ म्यानेजर शाहले बताए । उनले भने ‘केही समय पहिले सुर्खेतबाट गाडी रिजर्व गरेर एक्कासी बेलुकाको शो हेर्न आउनुभयो तर, हलमा हाउस फुल भईसकेको थियो ।’ एप्स सञ्चालन भईसकेपछि अब अनलाईनबाट नै टिकट काट्ने र सिनेमा हेर्दै खने परिकार पनि त्यसैबाट अर्डर गरेमा बसेको सिटमै परिकार ल्याईदिने सुविधा रहेको उनले जानकारी दिए ।
एक वर्ष यात्रामा १२३ वटा चलचित्र प्रदर्शन गर्न सफल सिनेरोयलमा बलियुड चलचित्र गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने नेपाली चलचित्र परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सूचिमा रहेको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी नेपाली चलचित्र महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जिन सफल सिनेमा बनेको छ । गत चैतमा आयोजित ब्लकबस्टर नेपाली फिल्म अवार्डको १८ औ संस्करणमा बर्ष सिनेमाहलको अवार्ड (मोफसल) नेपालगञ्जमा रहेको सिनेमा घर सिनेरोयलले पाएको थियो भने यस बर्ष विश्वको एक हजार पर्यटकिय क्षेत्र मध्य सिनेरोयल ८२५ औं स्थानमा पर्न सफल भएको श्रेष्ष्ठले बताए ।
पश्चिम् नेपालमै पहिलो पटक उत्कृष्ट साउन्ड क्वालिटी आरामदायी सिट, अपाङ्गमैत्री, सुविधाजनक र राम्रो ब्यवस्थापन रहेको सिनेमाघर सिनेरोयल अहिले धेरै दर्शकको रोजाइको सिनेमाघर बनेकोले सिनेरोयल परिवार थप उत्साहित भएको श्रेष्ठको भनाई छ । उनका अनुसार सिनेरोयलको एपमार्फत अबको एक सातासम्म सिने रोयलमा कुनै पनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्रमार्फत् यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौकासमेत रहेको छ ।
कार्यक्रममा विभिन्न आकर्षक प्याकेजसहित पहिलो वार्षिकोत्सव मनाउन पाउँदा उत्साह बढेको सिने रोयलका संस्थापक डा. विनोद थापाले बताए । डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी विशेषज्ञका रुपमा परिचित छन् । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमा घरको परिकल्पना डा. राहुलले गरेका थिए ।
यस सिनेमा घरमा अमेरिकामा बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा पारखीका लागि एउटा बेग्लै अनुभव प्रदान गरिरहेको छ  । साथै नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ, जसले दर्शकहरुको बसाईमा आराम प्रदान गर्न  तीन किसिमका सिटहरू( रिक्लाइनर, लाउन्जर र स्लाइडर) रहेका छन् । साथै, यहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको दर्शकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?