ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

‘एक विद्यार्थी एक बिरुवा’ उपहार

१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

लमही, १२ साउन ।

दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाले विद्यार्थीहरूमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई उक्त बिरुवा वितरण गरेको हो । वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट,६ मा रहेको ज्ञानोदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरूलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेको गाउँपालिकाका वन तथा वातावरण शाखाका फोकल पर्सन सुवास भट्टराईले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शिक्षा शाखा प्रमुख विश्वाक लगायतले विद्यार्थीहरूलाई संयुक्त रूपमा बिरुवा वितरण गरेका हुन ।

बिरुवा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूमा वातावरणीय सचेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने आयआर्जन वृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरूलाई बिरुवा वितरण गरेको बताए । “बिरुवा वितरण गर्नुको उदेश्य विद्यार्थीमा कृषि प्रति रुचि जगाउने र उत्पादन सँग जोडने पनि हो ।“, अध्यक्ष विष्टले भने,–‘यो अभियानले विद्यार्थीहरूमा अध्ययन सँगसँगै श्रम गर्ने बानीको समेत विकास हुन्छ ।’ त्यस्तै अध्यक्ष विष्टले बिरुवा वितरणले विद्यार्थीहरूको आर्थिक आयआर्जनमा समेत सहयोग पुग्ने बताए । आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । फलफूल वितरण कार्यक्रम वडाका जनप्रतिनिधि, कृषि प्राविधिक लगायत शिक्षकहरूको सहभागीता रहेको थियो ।यसैबीच गाउँपालिकाले पालिका अन्तर्गत रहेका सामुदायिक वन तथा पर्यटकीय स्थलहरूलाई हरियाली एवम् सौन्दर्यकरण गर्नका लागि ५ हजार बढी विभिन्न जातका फलफूलका बिरुवाहरू वितरण गरेको छ । पालिकाले उनीहरूलाई आँप, अम्बा, अमला, सित्तलचिनी,बेल लगायतका २ हजार ५ सय र अन्य विभिन्न जातका ३ हजार फूलका बिरुवा गरि ५ हजार ५ सय बिरुवा वितरण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?