ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास

१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

कपिलवस्तु, १२ साउन ।
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा तिन वटा भारतिय गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ । साउन ९ गते भारतबाट आँप ल्याएका तिनवटा गाडीलाई क्वारेन्टाईन छुटपुर्जी बिनै भन्सारले जाँचपास गरि छोडे पछि शसस्त्र प्रहरी र कृष्णनगर क्वारेन्टाईन टोलीको नियन्त्रणमा लिई १ लाख ५० हजार रूपैयाँ जरिवाना राजश्व असुल गरेको छ ।

कपिलवस्तुको तौलिहवामा आँप लिएर आउँदै गरेको एउटा र बुटवलमा आँप लिएर जान थालेको दुई वटा भारतिय मालबाहक ट्रकलाई भन्सारले मिलेमतोमा नियम बिपरित प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको थियो । भन्सारबाट क्वारेन्टाईन बिनै जाँचपास भएको गाडीलाई कृष्णनगर क्वारेन्टाईन कार्यालयको आग्रहमा शसस्त्र प्रहरीको टोलीले बिद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्र अघि रहेको चेक पोष्टबाट नियन्त्रणमा लिएको थियो ।

टोलीले प्लान्ट क्वारेन्टाईनबाट फलफुलको बायो सेफ्टी परिक्षण नगरीएका र छुटपुर्जि नभएका युपी १२ एटी ३४७१, युपी १५ एचटी ११८२ र युपी ३२ एसएन ८६२४ नम्बरको भारतिय मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । प्लान्ट क्वारेन्टाईन कार्यालयले दिएको सुचनाको आधारमा क्वारेन्टाईन टोली र सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले आँप बोकेको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी लिए । नियन्त्रणमा लिईएका मालबाहक ट्रकलाई प्रति ट्रक ५० हजार रूपैयाँका दरले प्रशासनिक दण्ड, जरिवाना र जफत शिर्षकमा जरिवाना राजश्व असुल गरिएको हो । नियन्त्रणमा लिई जरिवाना राजश्व असुल गरिएको आँप लोड गरेको भारतिय ट्रक मध्य युपी १२ एटी ३४७१ र युपी १५ एचटी ११८२ ले सिद्ध बाबा ट्रेडिङ्ग बुटवल रूपन्देही र युपी ३२ एसएन ८६२४ नम्बरको गाडीले एम.वि. फ्रुट सेन्टर बुटवल रूपन्देहीको नाममा सो फलफुल ल्याएको देखिएको छ ।

भंसारमा एकद्वार प्रणालीमा आधारित आशिकुडा प्रबिधिमा पशु क्वारेन्टाईन, खाद्य क्वारेन्टाईन र प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । तर भंसारले व्यवसायीको मिलेमतोमा नियम मिचेरै क्वारेन्टाईन छुट पुर्जि बिनै प्रज्ञापनपत्र जारी गरि त्यस्ता सवारी साधनको जाँचपास गर्ने गरेको छ । भंसारले क्वारेन्टाईनलाई बाईपास गरेर नियम बिपरित प्रज्ञापनपत्र जारी गरि भंसार जाँचपास गरेकोमा क्वारेन्टाइन कार्यालय कृष्णनगरका प्रमुख बुद्धिराम भट्टराईले आक्रोस पोखे । भन्सारले क्वारेन्टाईनको क्लिन चिट बिना प्रज्ञापनपत्र जारी गरि जाँच पास गर्ने कार्य चरम लापरवाही भएको उनले बताए । “यस अघि पनि यस्ता गतिबिधी हुने गरेको थियो । आज सो सवारी साधन नियन्त्रणमा लिन सफल भएका छौं । यसै बर्ष क्लिन चिट नदिएका १५ वटा मालवाहक सवारीलाई सस्पेन्ट गरेको छु ।” उनले भने ।

सो बिषयमा प्रतिक्रिया लिँदा कृष्णनगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले क्वारेन्टाईन बिनै भन्सार जाँचपास भई क्वारेन्टाईनको टोलीले आँपका तीन वटा गाडी नियन्त्रणमा लिएको बिषय आफुलाई जानकारी नभएको बताए । भन्सार ऐजेन्टले एउटै प्रज्ञापनपत्रमा ५/६ वटा सवारी भित्राउँदा क्वारेन्टाईनको पत्र छुटेको वा गेटमा जाँचपाँस गर्ने जाँचकीबाट कुनै त्रुटी भएको हुन सक्ने उनले बताए । भंसार प्रमुखको गैर जिम्मेवार भनाईले समेत क्वारेन्टाईन बिना प्रज्ञापनपत्र जारी गर्ने र जाँचपास गर्ने बिषयमा व्यवसायी र भंसार कर्मचारीको मिलेमतोको आशंका बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?