ट्रेंडिंग:

>> सम्पर्क समाजले गाउँको पर्यटकीय विकासमा सहयोग गर्नुपर्ने >> एउटै अस्पतालको दुईपटक सेवा शुभारम्भ, उद्घाटन मोहमा मन्त्रीहरू >> शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल >> देवस्थल मन्दिरमा पदस्थापन >> पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन मूल समितिमा >> रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम >> माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन >> नेप्से परिसूचक र कारोबार रकममा गिरावट, फाइनान्स सेक्टरमा सकारात्मक वृद्धि >> गभर्नर नियुक्ति मापदण्डको रिट माथि सर्वोच्च अदालतमा छैटौँपटक सुनवाई स्थगित >> चैत महिनामा नेपाल भर झन्डै १० हजार मुद्दा दर्ता, काठमाडौंमा सबैभन्दा बढी >> लुम्बिनी सुगम प्रदेश राजधानीमा स्वास्थ्य सेवा विस्तारको आशा, अझै पुराना चुनौती कायमै >> पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच नयाँ दिल्लीमा भेटघाट >> शिक्षक आन्दोलनमा माधव नेपाल र खनालको ऐक्यबद्धता >> बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु >> ठुलो परिणाममा लागुऔषध सहित दुई जना पक्राउ >> बूढानीलकण्ठमा करेन्ट लागेर एक युवकको निधन >> शिक्षकको पक्षमा बोलेको मन्त्रीलाई पदबाट हटाइयो भन्दै सांसद शर्माको आरोप >> सरकारको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस >> पाकिस्तानका १६ युट्युब च्यानल भारतमा प्रतिबन्धित >> कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी >> दक्षिण कोरियाबाट पाँच नेपाली निष्कासित  >> सुनको मूल्य तोलामा १४ सयले घट्यो >> ईभेन्ट्स ब्यवसायीको शुभकामना आदानप्रदान >> भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबबाट कमाउनुहोस् पैसा >> सञ्चालनमा आए कालीगण्डकीका विद्यालय >> गुल्मीमा आगलागीका कारण दुई गोठ जल्दा १४ पशुचौपाय मरे, दश लाखको क्षती >> यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर) >> भलिबल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप गल्कोटलाई उपाधि >> फुटसल फ्लेम चितवनलाई दोस्रो स्व. बबुवा दाइ स्मृति फुटसलको उपाधि >> नवलपरासीका डिएफओलाई कारबाहीको माग >> नीजि जग्गामा रुखको संरक्षणः स्वामित्व र उपभोगको सवाल >> कार्यस्थलको जोखिम र सुरक्षाको प्रश्न >> शिक्षक दमनको सत्ताकै दलका नेताको विरोध >> पूर्वाधारसँगै मानसिक स्वास्थ्य सेवा जरुरीः मन्त्री सारु >> डुबान रोक्न धनेवा खोलाको बाँध उचाई बढाउन शुरु >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते >> राप्रपा बिद्यार्थी संगठनद्वारा सुदीपको सम्झनामा दीप प्रज्ज्वलन >> झण्डै ५२ करोडभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर >> बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना >> गैडहवामा अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता सुरु >> माओवादी एक्लै हिंडेपछि जनताले विश्वास गर्न थालेः प्रचण्ड >> गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंगलबार पेसी >> भुपाल बने लायन्स दौडको विजेता >> रगत अभियानलाई थप प्रभावकारी बनाउन सुझाव >> पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्’ >> नेकपा एसकाे सचिवालय बैठक जारी (फोटोफिचर) >> कर्णालीमा पुर्नगठित मुक्ति मोर्चाद्धारा चरणबद्ध कार्यक्रमको घोषणा >> सेयर बजारमा उच्च कारोबार: नेप्से परिसूचकमा वृद्धि >> सांसद राईलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश >> गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

बुटवल, ११ साउन ।
पाल्पाको तिनाउँ गाउँपालिकाका किसानले रोपेको धान खेतमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् । धेरै आक्रमण भएको खण्डमा पुरै खेतको रङ हल्का सेतो रङको देखिन्छ ।

यसरी खपटे किरा देखिएपछि गाउँपालिका कृषि शाखा प्रमुख र कृषि प्राविधिकको संयुक्त टोलीले अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधि टंकनाथ बस्यालका अनुसार किसानको समस्यालाई लिएर अनुगमन तथा निरिक्षण गरिएको हो । कृषि प्राविधिक विरेन्द्र प्रसाद साह कानुका अनुसार बेर्नाको पातको टुप्पोमा देखिएको फूलहरूलाई पातको टुप्पो चुडेर नष्ट गर्ने गर्नुपर्दछ । यस्तै व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने, प्रकोप बढी भएमा सम्पर्क विषादी क्लोरपाइरिफस २०% इ सी १.२५ मिलि प्रति लि वा मालाथियन ५०% इ सी १.५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने गर्र्नुपर्दछ । विषादी छर्दा खेरि वरिपरिका सबै खेतहरूमा सँगसँगै छर्न पर्ने हुन्छ नत्र किरा एक खेतबाट अर्को खेतमा सर्ने खतरा हुने प्राविधिक कानूले जानकारी दिए ।पालिकाको कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माका अनुसार कृषि प्राविधिक खेत खेतमा खटिएर किसानहरूको समस्या समाधान का लागि सेवा प्रदान गरिएको हो ।

विहिबार तिनाउ ३ का किसानको खेतमा अनुगमन तथा निरिक्षण गरिएको छ । धानको काँडादार खपटे हिस्पा (राई हिप्सा) भनिन्छ । तिनाउ गाउँपालिका विभिन्न क्षेत्रमा धानको काँडादार खपटे हिस्पा देखिएको छ । यो वयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ। यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन्। धेरै आक्रमण भएको खण्डमा पुरै खेतको रङ हल्का सेतो रङको देखिन्छ ।

गोलमेल राम्रो तवरले गरेर झारपात हटाउने, उचित मात्रामा नाईट्रोजन युक्त मलको प्रयोग गर्ने बढी नहाने, काँडेदार डोरी लिई दुबै छेउमा समातेर खेतवारीको दुई छेउमा बस्ने र धानलाई पानीमा छुवाएर क्रमस विपरित दिशा तिर जाने लगायतका उपाय अपनाउन सकिन्छ ।

यसो गर्दा पातमा रहेको लार्भाहरू पानीमा खरेर नष्ट हुन्छन् । प्रकोप बढी भएमा अन्तिम विकल्पको रूपमा रसायनिक बिषादीको रूपमा क्लोरपाईरिफस २० % ईसी ,विषादी १.५ एमएल प्रति लिटर पानीको दरले वा कारटाप हाइड्रोक्लोरसइड ४% जिआर बिषादी १ एमएल प्रति लिटर पानीमा वा लाम्डासहोइलोथ्रिन ५% ईसी विAषादी प्रति लिटर पानीमा वा अजाडीराक्टिन ०.१५% विषादी ३ एमल प्रति लिटर पानीमा मिसाएर १२ दिनको फरकमा २ पटक छर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?