ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

संस्कार, संस्कृति सबै मिलेर जोगाऔ

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

बुटवल, १० साउन । नेपालका जातजातीहरुले मनाउने संस्कार, संस्कृति नै देशको पहिचान भएको भन्दै यसलाई जोगाउने गरि लाग्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेवा देय् दबु तिलोत्तमा नगर समितिको दोस्रो वार्षिकोत्सव तथा प्रथम साधारण सभामा बोल्ने बक्ताहरुले विकासको सुचक केवल भौतिक विकासमात्र नभई संस्कार, संस्कृति पनि भएको भन्दै यो जोगाउने गरि अभियान थाल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा समितिका सदस्यबाट धिमे बाजा बजाएर तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले दीप प्रज्वलन गरि उद्घाटन गरे । नगरप्रमुख खाडले स्थानिय सरकार सबै जातजाती र समुदायको विकासमा सहयोग गर्दै आएको दाबी गर्दै नगरभित्रका संस्थालाई सुचिकृत गरि प्रक्रियागत रुपमा बजेट बिनियोजन गरिदै आएको बताए । भाषा, संस्कृति जगेर्ना गर्ने गरि तालिमहरु चलाउन, अन्तरक्रिया लगायत कार्यक्रम गरिदै आएको उनले बताए । लोपन्मुख नेवारी भाषा र संस्कृति संरक्षणसंगै पर्यटनको महत्वपुर्ण बन्न सक्ने सम्भावना रहेको उनले बताए ।

कार्यक्रममा नेपाल आदीबासी जनजाती महासंघ, तिलोत्तमा नगरका वरिष्ठ उपाध्यक्ष प्रेम कनौजियाले आदीबासी जनजाती कला, संस्कार, संस्कृति जोगाउन अभियान चलाउदै आएको भन्दै यसमा स्थानिय सरकारबाट सहयोग भएको बताए। वार्षिक २० लाख रुपैया बजेट बिनियोजन हुदै आएकोमा पछिल्लोसमय बजेट न्युन रहेको उनले बताए । आदीबासीहरुको क्षमता विकाससंगै संस्कृति संरक्षणमा लाग्नुपर्न सुझाव दिए ।

कार्यक्रममा समितिका अध्यक्ष बिष्णु बहादुर श्रेष्ठले आर्थिक रुपमा सबल हुने गरि संस्थागत विकासमा आफुहरु लागेको बताए । कला, संस्कार, भेषभुषा, संस्कृतिमा धनि जाति नेवारहरु हरेक क्षेत्रमा पहुच र प्रतिनिधित्वको आवाज उठाउने गरि संस्था गठन भएको बताए ।

कार्यक्रममा नेवा देय् दबु लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले नेपाल राज्यको ईतिहासलाई केलाउदा नेवार समुदायको योगदान वर्णन पाउने भन्दै यो योगदानको सहि मुल्याकन नभएको दुखेसो गरे। नेवारी भाषाको रन्जना लिपि नै अन्तराष्ट्रिय पहिचान बनाएको भन्दै हरेक क्षेत्रमा नेवार समुदाय पछि परेको बेला एकतावद्घ भई लाग्नुपर्ने सुझाव दिए ।

यसैगरि कार्यक्रममा नेवा देय् दबु केन्द्रिय सदस्य लोकहरि श्रेष्ठ, चिरञ्जीवी श्रेष्ठ, जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, सचिव दिपेश कुमार अमात्यले विधि, नियम र कानुनमा रहेर संस्थागत रुपमा अघि बढ्नुपर्ने बताए । हाल रुपन्देहीमा नेवारी समुदायका २८ वटा खलगुठीहरु गठन छन भने तिलोत्तमा नगर समितिमा ६० घरधुरीहरु आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?