© २०२३
सुनवल, १० साउन ।
पश्चिम नवलपरासीको सुनवलमा सर्पको डसाईबाट चार वर्षिय बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर २ किर्तिपुर बस्ने यम बहादुर नेपालीका छोरा सामुल नेपालीको सर्पको डसाईबाट मृत्यु भएको हो ।
घरमा खेलिरहेको अवस्थामा गएराती नौ बजेतिरति बालकलाईगोवनसर्पले टोकेको थियो । सर्पले टोकेर घाईते भएका बालकलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा आज बिहान मृत्यु भएको जिल ्र री कार्यालय नवलपरासीकासुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए ।
नवलपरासीको बर्दघाटमा केहि दिन अगाडी मात्रै सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको थियो । वर्षायामको समयमा तराई षेत्रमा विषालुसर्पको विगविगी छ । वर्षायाममा सर्पसुख्खा स्थान र आहारा खोज्दै हिड्ने भएकालेसर्पदंशको जोखिम बढेको हो ।