© २०२३
गुल्मी, १० साउन ।
गुल्मीका कृषकहरू व्यवसायिक रूपमा गँड्यौली मल तर्फ आकर्षित हुन थालेका छन । जिल्लामा गँडयौली मलको महत्व बुझ्न थालेपछि यहाँका कृषकहरूले उक्त मलको उत्पादन शुरु गर्न थालेका हुन । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गगारिक खेतीका लागि उक्त मलको उत्पादन शुरु गरिएको हो ।
यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउने र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने र अरू मलभन्दा यो मलको गुणस्तर पनि राम्रो भएका कारण जिल्लामा गँडयौली मल उत्पादन गर्न लागिएको हो । धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फार्मले इस्मा र धुर्कोट गाउँपािलकाको संगम स्थान अन्तरगत हुलाके स्थित सप्लीङ्गमा यसको उत्पादन शुरु भएको छ ।
गाईभैँसीको मललाई गड्यौला मार्फत प्रशोधन गरि यहाँका किसानहरू गँडयौली मल उत्पादनमा लागेका हुन । गाईभैँसीको मल र घरेलु फोहर बस्तुहरूबाट यो मल बनाईने हुँदा यसले वातावरणलाई पनि स्वच्छ राख्न मद्दत पुराउछ छ । आजभोली खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएको र त्यसबाट क्षणिक रूपमा उत्पादन र उत्पादकत्व बृद्धि गरे पनि दिर्घकालिन रूपमा त्यो मानव स्वास्थ्य र माटोमा समेत ठूलो अशर पर्ने बताईएको छ ।
गँडयौली मलले बालीनालीको उत्पादनमा वृद्धि हुने, माटोको उर्बरतालाई बचाई राख्ने र उत्पादित बस्तुहरू शुद्धअर्गानिक हुने धुर्कोट अर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मका सञ्चालक खिमानन्द भण्डारीले बताए । फार्मबाट उत्पादित गँडयौली मलको मुल्य हाल ३० रूपैयाँ प्रतिकिलो रहेको छ । किसानहरू मल किन्नका लागि फर्ममै पुग्ने गर्दछन । गँडयौली मलको माग बढ्दै गएका कारण यतिबेला गाउँघरमा प्रयाप्त मात्रमा मल पुराउन धौधौ परेको फार्म सञ्चालक भण्डारीले बताउनुभयो ।
‘गँड्यौली मले दिने उत्पादन र रासायनिक मलले दिने उत्पादन बराबर छ, यसको फाइदा भनेको माटोलाई स्वस्थकर राखि माटोको उर्बरा शक्तिमा बृद्धि गरि उत्पादित बस्तुहरू पनि अर्गानिक खान पाईन्छ’, उनले भने । गँडयौली मल बनाउँदा शुरुमा गाईभैँसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यही बनाएको ब्याडमा गड्यौला राख्ने र माथिबाट बाक्लो जुटको बोराले छोपिदिने गरिन्छ । यसरी छोपेको केही दिनपछि बुरबुर किसिमको गँडयौली मल तयारहुन्छ । माटो व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लामा भर्मी उद्योग कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख प्रमुख नवराज भण्डारीले बताए ।
कृषि ज्ञान केन्द्रको पाँच लाख र फर्मको तर्फबाट ७३ हजार गरि पाँच लाख ७३ हजार लागतमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । माटो व्यवस्थापन कार्यक्रम मार्फत किसानहरूलाई रासायनिक मलको प्रयोग कम गर्दै लैजाने उद्देश्यका साथ प्राङ्गारिक मलको उत्पादनलाई प्राथामिकता दिएको कार्यालय प्रमुख भण्डारीले बताए । गँडयौली मल उत्पादनलाई मुख्य प्राथमिकता दिने भन्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले आउँदा दिनहरूमा आम कृषकहरूलाई यसको महत्वको बारेमा जनचेतना जगाउँदै भर्मी मलको उत्पादन र यसको प्रयोगमा जोड दिने बताएका छन ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले यस प्रकारको मलको उत्पादनले कृषकहरूलाई व्यावसायीक बनाउँदै उनीहरूको आयआर्जनमा समेत बृद्धि गर्न सकिने बताए । जिल्लाको धुर्कोट, इस्मा, मदाने, चन्द्रकोट, छत्रकोट लगायतका पालिकाहरूमा हाल २४ जना कृषकहरूले गँडयौली मलको उत्पादन गर्न शुरु गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।