© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।
वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान शुरु गरेको हो । २०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।
यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।
विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं। ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं। १ मा ४६२ जना छन् ।
पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट(ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट(इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ ।
बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।
पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी