© २०२३
बुटवल,९ साउन ।
बिरामीहरूको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ । यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरू आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा लीसंग उपचार सहजता सम्झौता गरेको छ ।
भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रूपमा अघि बढेको बुटवल हस्पिटलले अब पश्चिम नेपाल बस व्यवसायीसंगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने छ । सम्झौता पछि पश्चिन नेपाल बस व्यवसायी प्रालिको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने बिरामीहरूका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेका हुन भने बस व्यवसायीका तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपाने हस्ताक्षर गरेका हुन ।
सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष पौडेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउँदै अबका दिनमा यहांका बिरामीहरू उपचारका लागि राजधानी काडमाडौं देखि भारतिय शहरहरूमा जानु पर्ने अवस्थामा कमि ल्याउने उद्देश्य रहेको बताए । उनले भने –अहिले पनि धेरै बिरामीहरू भारतीय शहरहरूमा जाने र ठूलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ ।’
उनले देशभरी नै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. संगको सहकार्यले बिरामीहरूलाई थप सेवा र सहजता हुने बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक तथा दुर्घटना संयोजक जिवन कुमार बञ्जाडेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरूलाई काठमाडौं पढाउन नपर्ने बताए ।
उनले भने–‘बुटवलमा पहिलो पटक अस्पताल बनेको छ, अब यहांका बिरामीलाई महागो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गरेर बचाउनु पर्दछ ।’
बुटवल हस्पिटलसँग पश्चिम नेपाल बस व्यवसायी प्रालिको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरूका लागि पनि सहज हुने प्रालिका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले बताए । सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवासयी प्रालिमा सवार यात्रु, कर्मचारी मजदुर व्यवसायी र उनीहरूको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।