ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

सिद्धार्थनगरलाई स्मार्ट सिटीः गृहमन्त्री

२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

भैरहवा, २ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले सिद्धार्थनगरलाई स्मार्ट सिटी बनाइने बताएका छन् । उनले सिद्धार्थनगरले अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएकाले यसलाई व्यवस्थित, विकसित र स्मार्ट बनाउनुपर्नेमा जोड दिए ।

काँग्रेस केन्द्रीय सदस्य एवं रुपन्देही ३ का प्रतिनिधिसभा उम्मेदवार खाणले भैरहवामा आयोजित कार्यक्रममा ‘स्मार्ट सिद्धार्थनगर’ को सुरुवात ‘सिद्धार्थ रिङरोड’ बनाएर गरिने बताए ।

‘निर्वाचन सकिएलगत्तै सबै वडा, गाउँबस्तीलाई समेटेर सुरुमा रिङरोड निर्माणको काम अघि बढाइने छ’, उनले भने, ‘यसले सिद्धार्थनगरलाई विकसित सहरका रुपमा पहिचान दिनेछ ।’ निर्वाचन पछि रिङरोड बनाउन डीपीआर बनाउने र त्यसपछि निर्माणको काम सुरु गर्ने उनको भनाई छ । विकसित देशहरुमा सहरको पहिचान रिङरोड पनि भएको जनाउँदै गृहमन्त्री खाँणले ती देशहरुका जस्तै भैरहवालाई पनि सफा, सुन्दर, व्यवस्थित र विकसित गर्ने आफ्नो र पाँच दलीय गठबन्धनको लक्ष्य रहेको बताए ।

उनले रिङरोडले सहर र सहरभित्रैका बस्तीलाई जोड्दा स्थानीय उत्पादनको बजारीकरण, भित्री बस्तीहरुको सहरीकरण हुने र यसले सहरलाई थप उचाईमा पु¥याउने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), नेपालकै दोस्रो ठूलो भन्सार नाका जस्ता कारण पनि रिङरोड आवश्यक भएको र स्मार्ट सिद्धार्थनगर जरुरी रहेको खाँणले प्रष्ट्याए । ‘यहाँ धेरै स्वदेशी तथा विदेशी पाहुनाहरु आउनुहुन्छ, यहाँ आउनेले आहा, सिद्धार्थनगर भन्ने वातावरण सिर्जना गर्छौं, त्यसका लागि नगरपालिकालाई आवश्यक पर्ने बजेट प्रदेश र संघ सरकारको समन्वयमा उपलब्ध गराउन मैले पहल गर्छु । यहाँ हुने कुनै पनि काममा बजेट अभाव हुन दिँदैन’–उनले भने ।

गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकार लागि परेको जनाउँदै उनले विमानस्थल पूर्ण क्षमतामा चल्दा सबैभन्दा बढी लाभ भैरहवाबासीले पाउने भएकाले त्यहीअनुसार योजना बनाएर काम गर्न आफूले पहल गरिरहेको प्रष्ट पारे ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (१) का सत्ता गठबन्धनका उम्मेदवार सन्तोषकुमार पाण्डेयले विपक्षी गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार दीपक बोहरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना ल्याउन नसकेको आरोप लगाए ।

गठबन्धनले जिते यस क्षेत्रको समग्र विकास हुने उनको भनाई छ । पाँच दलीय गठबन्धनले बुधबार क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगरको वडा नम्बर २, ३ र ५ मा कार्यकर्ता भेला गरेको हो । कार्यकर्ता भेलामा बोल्ने उम्मेदवार तथा गठबन्धनका नेताहरुले यो निर्वाचन मुलुकलाई सही दिशामा लैजानका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?