ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अभाव खेप्दै आश्रम

९ श्रावण २०८१, बुधबार
९ श्रावण २०८१, बुधबार

बुटवल,९ साउन ।
देविनगरस्थित नेपाल अपांग आश्रमले अभाव खेप्दै आएको छ । समाजका विभिन्न दाताहरूको सहयोगमा आश्रितलाई दैनिक गुजारा चलाउन कठिनाई उत्पन्न भएको हो । शुभ जन्मदिवस, विवाह उत्सव, पितृकार्य र संघसंस्थाहरूको सहयोगमा आश्रम चल्दै आएको नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले बताए । ‘दैनिक ३/४ जना सहयोग लिएर आउनुहुन्छ ।’—उनले भने ।
स्थानीय सरकारबाट प्राप्त जग्गामा विभिन्न दाताहरूको सहयोगमा पूर्वाधार निर्माण भएको उनले बताए । आश्रममा ३ वर्षदेखि ६० वर्ष उमेरसम्मका ३५ जना अपांगता भएका आश्रित छन । जसको लालनपालन उनको अगुवाइमा भैरहेको छ । आफु पनि अपांगता भएका उनी जसोतसो सहयोग जुटाएर खाना र लत्ता जुटाउने गरेका छन । ‘मासिक ७५ हजार रूपैयाँ खर्च हुन्छ ।’—अध्यक्ष रामदामले भने । ससाना बच्चाहरूलाई के खुवाउने भन्ने पिरलो हुने उनले सुनाए । आश्रमका केही युवाहरू सरसफाईका सामग्री उत्पादन गरेर बजारमा बिक्री गर्छन । त्यसबाट समेत थोरै आम्दानी हुने गर्दछ । ‘दैनिक गुजारा चलाउन कठिन छ,’—उनले भने । आश्रमको श्रोतका रूपमा ५ लाख रूपैयाँको अक्षयकोषको ब्याज मुख्य हो ।

साना बालबालिकाहरू सामुदायिक र निजी विद्यालयमा अध्ययनरत छ । सरकारबाट सहयोगका लागि धेरै कोशिस गरेको भएपनि सुनुवाई हुन नसकेको उनले बताए ।

यसैबीच लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ युरोलोजिष्ट डा. बिरेन्द्र यादवले आफ्नो जन्मदिन देविनगरस्थित नेपाल अपांग आश्रममा सहयोग गरेका छन । चिकित्सा पेशासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर यादवले आफ्नो जन्मदिनमा नगद, खाद्यान्न, वितरण गरेका हुन । एक समारोहका बिच नेपाल अपाङ आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई उनले सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा आश्रममा थप सहयोग र स्वास्थ्य परिक्षणका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?