ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

करोडौं लागतको अस्पताल भवन अलपत्र

गुल्मीदरबार गाउँपालिकामा भने निर्माण सम्पन्न भएको भवनको रकम भुक्तानी गर्न नसक्दा प्रयोगमा आउन सकेको छैन ।
९ श्रावण २०८१, बुधबार
९ श्रावण २०८१, बुधबार

गुल्मी,९ साउन ।
निर्माण व्यवसायीलाई भवन निर्माण गरेको रकम समयमा भुक्तानी दिन नसक्दा गुल्मीमा अस्पताल भवन अलपत्र परेको छ । निर्माण सम्पन्न गरेको एक वर्ष भन्दा लामो समयसम्म पनि निर्माण व्यवसायीले स्वास्थ्य मन्त्रालयबाट पठाउनुपर्ने रकम समयमा पालिकामा नपठाएका कारण रकम भुक्तानीमा समस्या परेको हो ।

जिल्लाको गुल्मीदरबार गाउँपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पन्ध्र शैयाको अस्पताल भवन यतिबेला बेवारिसे अबस्थामा छ । जिल्लाका कतिपय पालिकाहरूमा निर्माण व्यवसायीले समयमा काम नगर्दा भवन निर्माणको काम अलपत्र परेको अबस्था छ । तर गुल्मीको गुल्मीदरबार गाउँपालिकामा भने निर्माण सम्पन्न भएको भवनको रकम भुक्तानी गर्न नसक्दा प्रयोगमा आउन सकेको छैन ।

बिकोई अर्जुन न्यूलिजा जेबीद्वारा १२ करोड ९४ लाख ५६ हजार लागतमा गत वर्ष तोकिएको अबधिमै आफूहरूले भवन निर्माण कार्य सम्पन्न गरेको अर्जुन बिल्र्डस एण्ड कन्र्टक्सनका सञ्चालक विजय खनालले बताए । गाउँपालिकाले तत्काल भवन निर्माणको सबै रकम भुक्तानी नदिए पनि सम्पन्न भएको भवन बुझ्नका लागि पटक पटक आग्रह गरेको खनालले बताएका छन ।

‘पालिकालाई पटक–पटक भवन बुझ्न आग्रह गर्दै आएका छौं, निर्माण सम्पन्न भएको एक वर्ष भन्दा पनि लामो समय भयो, बर्षाका कारण पर्खाल भत्कीएर थप २२ लाख खर्च भयो, भवनको रेखदेख गर्ने पनि कोही भएन, रेखदेख नहुँदा सोलार, ढोका लगायतका सामानहरू बिग्रीएका छन, बुझाउँछु भन्दा पनि सुख पाईएन, हामीलाई त निल्नु न ओकल्नु जस्तो भयो’ निर्माण व्यवसायी खनालले भने ।

गुल्मीदरबार गाउँपालिका–३ को धुरेलडाँडामा पन्ध्र शैयाको अस्पताल भवन गत एक वर्ष अघिनै निर्माण सम्पन्न भएको हो । बाहिरबाट हेर्दा निकै आकर्षक देखिने उक्त भवनको नियमित रूपमा रेखदेख हुन नसक्दा थप समस्या उत्पन्न भएको बताईएको छ । निर्माण व्यवसायीले उक्त भवनको एक करोड २० लाख रूपैंया भन्दा बढी रकम अझै भुक्तानी पाउन बाँकी छ ।

भवनको रकम निकासा गर्नका लागि पालिकाबाट सम्बन्धित निकायमा पटकपटक पत्राचार गर्ने काम भइरहे पनि स्वास्थ्य मन्त्रालयबाट समयमै त्यसको सुनुवाई नभएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । ‘माथि मन्त्रालयबाट रकम आउन ढिला गरेपनि अब पालिकाबाट थोरै–थोरै रकम भएपनि तिर्दै गरेर भवन बुझ्ने विचारमा छौं’ अध्यक्ष थापाले भने । जिल्लाका अन्य स्थानीय तहमा भने पन्ध्र शैयाका अस्पताल भवन निर्माणको काम कछुवा गतिमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?