ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

गुल्मेली कलाकारको ‘जाऊ हिँड रेसुङ्गा’

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

गुल्मी, ८ साउन ।

जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रुरु र रेसुङ्गाको प्रचार प्रशार गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा शुरु गरिएको ‘जाऊ हिँड रेसुङ्गा’ अभियानलाई साथ दिंदै ‘जाऊ हिँड रेसुङ्गा’ नामक तीज गीत बजारमा आएको छ । गुल्मेली राष्ट्रिय कलाकार सन्तु थापाको निर्देशनमा गुल्मीलाई जन्मथलो बनाई काठमाण्डौलाई कर्मथलो बनाएका गुल्मेली चर्चित गायक गायीकाहरूको शब्द, संगित, स्वर र नृत्यले सजिएको उक्त तिज गीत आईतबार बेलुकी मात्र बजारमा आएको हो ।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दैै उक्त गीतले आम श्रोता र दर्शकहरू सहित स्वदेश र बिदेशमा रहेका आम गुल्मेलीहरूको मन जितेको छ । बिक्रमबाबु बिश्वकर्माको शब्द र नन्दु परियारको संगीत रहेको उक्त गीतमा सन्तु थापा, मञ्जु पौडेल, नन्दु परियार, पवित्रा सर्तुङ्गी मगर, सन्तोष क्षेत्री, बन्दना पाण्डे, आयुष कुँवर, शान्तारानी परियार, निर्मला थापा मगर लगायतको मिठो स्वर रहेको छ । गीतमा चर्चित राष्ट्रिय कलाकारहरू ‘फुलेन्दी कि आमा’ र श्याम राना मगरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भर्खर मात्र बजारमा आएको नयाँ तीज गीतले यतिबेला सामाजिक सञ्जालहरू तताएको छ । गीतको प्रारम्भमा घाँस काटन लागेकी ‘फुलेन्दी कि आमा’ र मादल बोकेर हिँडदै गरेका उमेश राई बिच भएको भेट र मिठो थट्यौलीसँगै गरिएको संबादबाट गीतको उठान गरिएको छ । ‘लाउली फूलको थुँगा, जाऊ हिँड रेसुङ्गा’ भन्ने भाकामा रहेको उक्त गीत निकै सरल र सरस छ ।

गीतको लयमा व्यक्त गरिएका शब्दहरूले जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रुरु र रेसुङ्गाको मिठो बर्णन गरिएको छ । त्यत्तिमात्र हैन सोही गीत मार्फत गुल्मीको कफी र थोर्गाको खुदो खाएपछि रुरु र रेसुङ्गाको उकालो चढेर साउने मेला हेर्नको लागि सबैलाई गुल्मीमा निमन्त्रणा समेत गरिएको छ । कलाकार सन्तु थापाले गुल्मेली कलाकारहरूलाई सामुहिक रूपमा जोडेर जिल्लाको पहिचानका लागि निकालेको गीतले गुल्मेली कलाकारहरूको उत्कृष्ट स्वर, कला र शैलीसँगै सिँगो जिल्लाको पहिचान बनाउन खोजिएको देख्न सकिन्छ । कलाकार थापाको नेतृत्वमा जिल्लावासी कलाकारहरूलाई समेटेर उत्कृष्ट गीत श्रृजना गरेकोमा गुल्मेली कलाकारहरू निकै खुसि बनेको गायीका मञ्जु पौडेलले बताईन । यसवाट कलाकारहरूबीच थप पनि थप आत्मीयता बढेको उनको भनाई छ ।
गीतका निर्देशक कलाकार सन्तु थापाको युट्युब च्यानलबाट मार्फत उक्त गीत सार्बजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?