ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नीतिमा पारदर्शीता एवं उत्तरदायी आवश्यक

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

बुटवल,८ साउन ।

रूपन्देही व्यापार संघको आयोजनामा सोमवार पछिल्लो परिवर्तित कर तथा भन्सार नीति लगायतका बिषयमा सम्बन्धित कार्यालयहरूसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरूले राज्यकातर्फबाट छोटोछोटो समयमा नै करका दर, नीतिहरू परिर्वतन गरिदा त्यसले असहजता आउने गरेको बताउदै दिर्घकालिन नीतिहरू तर्जुमा गर्न आग्रह गरेका थिए । उनीहरूले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण निर्माण गर्न तथा व्यापार सहजीकरणका लागि कुनै पनि नितिहरू बन्नु पर्नेमा लहडका हिसाबले बन्ने गरेको गुनासो गर्दै प्रशासनिक रूपमा झेल्नु परेका अप्ठयाराहरूलाई व्यवहारिक रूपमा समाधान गर्ने बाटो खोज्न सुझाएका थिए । पारदर्शी र असल अभ्यासको अभावले हाम्रा ऐन तर्जुमासंगै कार्यान्वयनमा पनि समस्याहरू देखिएको बताउँदै सहभागीहरूले प्रशासनबाट अनावश्यक दुःख दिने गरेको, गलत काम गर्नेलाई दण्ड र इमानदारलाई पुरस्कारको व्यवस्था गर्ने कुरा राज्यबाट अवलम्बन हुन नसकेको बताएका थिए । उनीहरूले राज्यका अंगहरू उत्तदायीसंगै नीतिमा पारदर्शीता बनाइ व्यापारलाई सहज तथा सुरक्षित बनाउने कुरामा ध्यान दिन आग्रह पनि गरेका थिए ।
सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीहरू राज्यका नीति र विधिलाई सधै पालना गर्ने समुह भएका कारण उनीहरूका समस्याप्रति राज्य गम्भिर बन्नु पर्ने बताए । राज्यका धेरै नीति र करहरू व्यवसायीमैत्री बन्न नसकेको बताउँदै पाण्डेले व्यवसायीहरूलाई जरिवाना र दण्ड गर्ने सोंच मात्र नराख्न आग्रह गरे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै संघका अध्यक्ष दिपक अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यका नीतिहरू व्यवसाय मैत्री बन्नु पर्ने र कार्यालयहरू जिम्मेवार हुनु पर्ने कुरामा जोड दिए । उनले राज्यका कर र नीतिमा देखिएका अस्थिरताले व्यवसायीहरूले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै राजश्व असुलीका नाममा सबै व्यवसायीलाई एउटै डालोमा हालेर हेर्ने सोंचमा परिर्वतन गर्न अनुरोध गरे । कार्यक्रममा भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत इश्वर थापा, राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत होम पाण्डे र आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले आआफ्ना कार्यालयका विषयबस्तुहरू राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?