ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

शिवधाममा श्रावणी मेला

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

बुटवल,८ साउन ।
हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउन शुरु भएको छ । योसँगै देशभर रहेका शिव मन्दिरहरूमा बोलबम मेलाको रौनक छाएको छ । शिवको प्रिय महिनाका रूपमा साउन महिनालाई लिने गरिन्छ । श्रावणको एक महिनाभरि भक्तालुहरू पवित्र भई शुद्धरहि एकचित्त भएर व्रत बस्ने, गेरुबस्त्र धारण गर्ने गर्दछन । प्रत्येक सोमबार श्रद्धालु भक्तजन आफ्नो नजिकको पवित्र नदीबाट कावरमा जल लिएर शिव मन्दिरमा जलापर्ण गर्ने गर्दछन ।

रूपन्देहीका शिव मन्दिरमा श्रावणी मेला शुभारम्भ भएको छ । पश्चिमको पशुपतिको नामबाट परिचित श्री पर्रोहा परमेश्वर ज्योतिलिङ्ग बोलबम धामसहित नरैनापुर शिव मन्दिर, कालिकानगरस्थित बाङ्गेकुसुम शिवालय मन्दिर, श्री स्वामीनारायण मुक्तिनाथ धाम, निलकण्ठ बाबा धाम, पाल्पा र रूपन्देहीको श्री शिद्धबाबा मन्दिरहरू, श्रृगेश्वर धाम तिलोत्तमा, सैनामैना कलौनीमा रहेको कालमोचन शिवालय मन्दिर, सालझण्डीको शिद्धबाबा मन्दिर, देवदहको लोकेश्वर शिव पञ्चायतन मन्दिर, देवदह–७ पिपलडाडामा रहेको शिवालय गौरीशंकर मन्दिर र प्रगतिबजारमा अवस्थित पुरानो मन्दिर, तारकनाथ मन्दिरमा भक्तजनहरू बिहानैबाट जलापर्ण र दर्शनका लागि भिड लागेको छ ।
रूपन्देहीमा ऐतिहासिक र पशुपतिनाथ पछिको दोस्रो स्वयंमउत्पत्तिमान श्री परोर्हा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा सबैभन्दा बढि भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

यसैबीच श्री स्वामीनारायण मुक्तिनाथ धाममा श्रावण महिनाभरि सवा करोड बेलपत्र अर्पण तथा महायज्ञ कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नगरपालिकाबाट धार्मिक र पर्यटकिय स्थलको विकासका योजना अघि बढाएको दाबी गरे । मुक्तिनाथ धामको परिकल्पना गरि यो क्षेत्रको महत्वपुर्ण स्थलका रूपमा संरक्षक पीठाधीस ब्रहामानिष्ठ सन्त स्वामी श्री लोकानन्द स्वामीबाट भएको भन्दै नगरभित्र रहेका पर्यटकिय स्थललाई जोड्न जरुरी रहेको उनले बताए । भारत र नेपाल बिचमा सास्कृतिक सम्बन्ध रहेको भन्दै भारतबाट वर्षेनी मुक्तिनाथ दर्शनका लागि आउने पर्यटकलाई सहज हुने गरि नाकाका रूपमा बुटवल र यसवरपरका पालिकहरू लागेको उनले बताए । तिलोत्तमा नदीमा सन्ध्या आरती समेतको ब्यवस्था गरिने उनले बताए ।
धामका संरक्षक पीठाधीस ब्रहामानिष्ठ सन्त स्वामी श्री लोकानन्द स्वामीले मानिसहरूमा आफनो संस्कार, संस्कृति भुल्दै गएको दुखेसो गर्दै समाजप्रतिको उत्तरदायित्व बुझाउन जरुरी रहेको बताए ।

यता पश्चिमको पशुपतिको नामबाट परिचित श्री पर्रोहा परमेश्वर ज्योतिलिङ्ग बोलबम धाममा यो वर्ष पनि जलापर्ण यात्रा शुरु भएको छ । कपिलबस्तुको वाणगंगा नदीबाट जल कावरमा ल्याएर जलापर्ण गरिएको हो । प्रत्येक हप्ता देशभित्रका पवित्र नदीबाट यात्रा गरी जलापर्ण हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?