ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

तिलौराकोटमा महाभिनिष्क्रमण दिवस

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

कपिलवस्तु, ८ साउन
युवराज सिद्धार्थ गौतमले ज्ञानप्राप्तीका लागि राजसी सुखः छोडेर दरबार छोडेको स्मरणमा कपिलवस्तुको तिलौराकोट दरबारमा आईतबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । बुद्ध सर्किट्स डट कम नेपाल, गच्छामि मिडिया गु्रप र कपिलवस्तु पर्यटनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा २ हजार ६ सय १९ वर्ष अघिको घटना स्मरण गर्दै राति १२ बजे राजकुमार सिद्धार्थले दरबार छोडेको घटना चित्र प्रस्तुत गरिएको थियो ।

राजसी सुखसयल छोडेर दरबार त्यागेको घटनासँग मेल खाने गरी सिद्धार्थले गरेको कठोर निर्णय महाभिनिष्क्रमण दिवशमा घटना चित्रण मार्फत देखाईएको थियो । तौलिहवा बजारका शाक्य कुलका युवा सिद्धार्थ शाक्य राजकुमार सिद्धार्थ बनेर घोडामा चढेर राजप्रासादको पूर्वी ढोकाबाट बाहिरीएका थिए । अषाढ शुक्ल पुर्णिमाको अवसरमा लुम्बिनी बिकास कोष, कपिलवस्तु नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोगमा तिलौराकोट परिसरमा आयोजित कार्यक्रममा दिवसको कार्यक्रम हेर्न मध्यरात सम्म स्थानीयहरू बसेका थिए ।
कार्यक्रममा बोल्दै नेपालका लागि श्रीलंकाका राजदुत सुदर्शना पाथिरानाले प्राचिन कपिलवस्तु सबै बुद्धमार्गीका लागि प्रेरणाको श्रोत भएको बताए । उनले आजकै दिन सिद्धार्थ गौतमले राजसी सुखः सयल छोडेको दिन सँगै माता मायादेवीको गर्भमा सिद्धार्थ गौतम प्रवेश गरेको दिन समेत भएको स्मरण गराए । सिद्धार्थ गौतमको जिवनीको २९ बर्ष बिताएको पावनभूमिमा महाभिनिष्क्रमणको कार्यक्रममा सहभागी हुन पाएकोमा उनले हर्ष व्यक्त गरे । श्रीलंकाली उपासक उपासिकालाई यस पवित्र स्थलको बारेमा जानकारी दिन र यस क्षेत्रलाई बौद्धिष्ठ पर्यटनको क्षेत्र बनाउन आफूले सक्दो पहल गर्ने उनको प्रतिबद्धता थियो ।

उक्त अबसरमा लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि सन् २०२५ मा बुद्धिस्ट सर्किट डटकमको आयोजनामा लुम्बिनीमा मदर मायादेबी सुत्केरी मार्ग म्याराथन र बिआईटीएम गर्ने घोषणा गरिएको थियो । राजदुत सुदर्शनाले कार्यक्रमको ब्यानर खोलेर सो घोषणा गरें । लुम्बिनी बिकास कोषका सदभावना दुत तथा कार्यक्रमका परिकल्पनाकार बिक्रम पाडेँ काजीले सिद्धार्थले राजसी सुखः सयल छोडेर दरबार छोड्दाको अनुभुति दिलाउन बिगत ६ बर्ष देखी तिलौराकोटमा निरन्तर रूपमा महाभिनिष्क्रमण दिवस मनाउदै आएको बताए । आफूले परिकल्पना गरेको दिवश, कुदान उत्सव र माता मायादेवी सुत्केरी मार्ग पर्यटकिय प्रडक्टको रूपमा बिकास भै यस क्षेत्रको पर्यटन र अर्थतन्त्रमा टेवा पुर्याउन सहयोगी हुने उनको बिश्वास थियो । राजकुमार सिद्धार्थ गर्भ प्रवेश गरेको दिन, प्रथम धर्मदेशना गरेको दिन र मातालाई दुशितलोकमा अभिधम्म देशना गरेको दिनको रूपमा अषाढ पुर्णिमा परिचित रहेको छ ।

कपिलवस्तु जिल्लाको समग्र पर्यटन बिकासका लागि दिवशको कार्यक्रम र तिलौराकोट लक्षित योजनाले सहयोग पुग्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । लुम्बिनी बिकास कोषले लुम्बिनी सगै जोडिएका बुद्धस्थलको बिकासलाई प्राथमिकतामा राखेको कोषका कार्यकारिणी सदस्य रामनरेश कोहारले बताए । कोषले उत्खननको नाममा खन्ने र पुर्ने कार्य गरेको भन्दै तिलौराकोटमा भेटिएका संरचनालाई प्रर्दशन योग्न बनाउन आवश्यक रहेकोमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले जोड् दिए । सबैका लागि पुण्य सञ्चय, आपसी सद्भाव र भ्रातृत्व जगाउने आकर्षक कार्यक्रमका रूपमा विकास गरेर लैजानु पर्नेमा बुद्ध सर्किट डटकमका संचार संयोजक शरद प्रधानको जोड् थियो । दिवशको कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास गर्न टेवा पुर्याएको गच्छामी मिडिया ग्रुपका अध्यक्ष मनोज कुमार श्रीवास्तवको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?