© २०२३
बुटवल, ७ साउन ।
बुटवलको बेलबासमा रहेको यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती कार्यालयमा एकसातादेखि सर्भर नचलेका कारण सेवाग्राहीहरूलाई सास्ती खेप्नुपरेको छ ।
सवारी चालक अनुमती पत्र नवीकरण गराउन, नयाँ अनुमती पत्रको लगि फोटो खिचाउन र ट्रायल दिएर पास भएकाहरू राजश्व बुझाउन आउने हजारौं सेवाग्राही दिनभरी टन्टलापुरे घाममा तातेर साँझ खालीहात घर फर्कन बाध्य छन् । समयमा काम गराउन बिहान १० बजे सेवाग्राही कार्यालय पुगेपनी कार्यालयका कर्मचारीहरूले आज सर्भर सोलो भएको सर्भरले काम नगरेको भन्दै सेवाग्राहीलाई निरास बनाउने गरेका छन ।
केही दिनदेखि राम्रो सँग सर्भर नचलेको भन्दै कर्मचारीले सेवाग्राहीलाई जवाफ फर्काउने गरेको एक सेवाग्राहीले गुनासो गरे । केही दिनदेखि कार्यालयमा सर्भरले काम नगरेको भए समयमा सूचना नदिएर दुःख दिँदै आएको उनीहरूको गुनासो छ । सर्भरले काम गरेन भने समयमा भन्नुप¥यो बुटवलको यो गर्मीमा किन लाईनमा बसाल्ने यो कार्यालयको सरासर लापर्वाही हो । सर्भर बनाउन कार्यालयले पहल नगरेको गुनासो गर्दै भने टाढा–टाढाबाट सेवालिन आएर बुटवलको गर्मीमा लाईनमा बस्दा सारै सास्ती भैरहेको उनको गुनासो छ ।
मासिक करोडौं बढी राजश्व उठाउने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बुटवलले समयमा सेवादिने कुरामा ध्यान नदिँदा दैनिक लाखौं रुपैयाँ बढी राजश्वमा सरकारलाई घाटा पुगेको छ । यता कार्यालयका प्रमुख सुमन पौडेलले सर्भरले काम नगर्दा सेवादिन नसकिएको बताए । आफूले बारम्बार माथिल्लो निकायमा सर्भरको समस्याबारे जानकारी गराएको भएपनि समस्या समाधान नभएको प्रमुख पौडेलले बताए ।