© २०२३
बुटवल, ६ साउन । स्वास्थ्य क्षेत्रमा आवद्ध चिकित्सकहरुको अगुवाईमा स्थापना भएको रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको चौथो पद स्थापनामा शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष अप्सरा नेपालले क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष डा बिक्रम काफले पदभार हस्तान्तरण गरेका छन ।
एक कार्यक्रममा बिच आईपिडिजि राजेन्द्र प्रसाद ध्वजुले कार्यक्रमको उद्घाटन गर्दै मेडिको फयुजन क्लब डिष्ट्रिकमा नै फरक पहिचान बनाएको बताए । चिकित्सकहरुको नेतृत्व रहेको क्लब आम नागरिकको स्वास्थ्यको विषयमा गम्भिर भएर कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष डा काफलेले आफनो कार्ययोजना प्रस्तुत गर्दै स्वास्थ्य सचेतनाको कार्यक्रमलाई विशेष जोड दिने प्रतिवद्धता जनाए । विश्व परिवेश र नेपालमा समेत सबै उमेर समुहमा प्रमुख समस्याका रुपमा देखापरिरहेको मानसिक स्वास्थ्य न्युनिकरणको अभियान चलाउने उनले बताए । मानसिक स्वास्थ्य, लागुऔषध न्युनिकरण, बालबालिकामा हुने मनोसामाजिक समस्याको पहिचान र न्युनिकरण, आत्महत्या न्युनिकरणमा अभिमुखिकरण र तालिम कार्यक्रमहरु तथा अन्य शारीरिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविरहरु गर्ने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा क्लबका एजी थानेश्वर पाण्डेय, क्लबका सल्लाहकार एजाज आलम, क्लबका संस्थापक अध्यक्ष डा सन्तोष पोखरेलले रोटरीको सामाजिक क्षेत्रमा गर्दै आएको योगदानको बारेमा प्रकाश पारे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी