ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

सुरुङ्गमार्गमा बदलिँदै ‘मृत्यु मार्ग’

हिउँद न बर्षा जतिबेला पनि अत्याधिक जोखिम रहेको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग चाईना स्टेट कन्ट्रक्सन इन्जीनियर कर्पोरेसनले ९ मार्च २०२२ मा निमार्णको जिम्मा पाई २२ मार्च २०२७ मा निर्माण सम्पन्न गर्ने छ । जसको कुल लगानी ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँ रहेको छ।
६ श्रावण २०८१, आइतबार
६ श्रावण २०८१, आइतबार

पाल्पा, ६ साउन ।
सुरुङ्गमार्गको भौतिक प्रगती १५ दशमलव ९१ प्रतिशत र बित्तीय प्रगति २० दशमलव ८ प्रतिशत रहेको छ । निर्माण कम्पनीले सुरुङ्गमार्ग बाहेकको तल्लो सिद्धबाबा मन्दिर देखि हेडबक्सको उत्तर करिब दोभान सम्मको सडकलाई डबल लेन बनाउने पहिरो ढुंगा रोक्न रक नेट रक सेड स्लोप पोेटेक्स लगाउने काम गरिरहेको छ ।

मृत्यु मार्गको नाम पाएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रले अब पहिचान बदल्ने तरखरमा छ । बाह्रै महिना जतिबेला पनि पहिरो खस्ने क्षेत्र भएकाले उक्त क्षेत्रलाई मृत्यु मार्गको उपमा दिने गरिएको थियो । तर अब यस क्षेत्रले सुरुङ्ग मार्गको पहिचान बनाउन लागेको छ ।

नेपाल सरकारको पूर्ण लगानीमा निर्माण थालिएको पाल्पा सिद्धबाबा सुरुङ्गमार्ग निमार्णले तिब्रता पाएको छ । दिउँसो र रातको समयमा गरि आयोजना स्थलमा २४ सैँ घण्टा काम गरेर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी तथा सडक बिभाग लागि परेका छन् । गुल्मी थोर्गाका रबि ज्ञवाली आफ्नो प्रत्येक साता तानसेन आउनुपर्दा कतिबेला सिद्धबाबा कटिन्छ भन्ने चिन्ता गर्छन् । जतिबेला पनि पहिरो तथा ढुङ्गा खस्ने भएकाले उनलाई सिद्धबाबा क्षेत्रमा आउँदा चिन्ता पर्ने गरेको हो ।

त्यस्तै बुटवलबाट ३ किमी नजिक दोभान घर भएका बिष्णु पाण्डे सिद्धबाबा क्षेत्रको सडकमा दैनिक आवतजावत गर्न सास्ती खेपिरहनु परेको छ । यो सडकको जोखिमले यात्रा गर्दा जतिबेला पनि पहिरोमा परिन सक्ने बताउँछन् । उनी जोखिमका कारण तराईमा बसाई सर्नुपर्ने अबस्थामा पुगिसकेका थिए । “सुरुङ्ग निमार्णको काम नियमित हुँदा बसाई सर्नुपर्ने अबस्था हट्ने बिश्वास छ । अबको केही बर्षमा नै ढुक्कले दैनिक घरबाटै बुटवल आउजाउ गर्न सकिन्छ ।” पाण्डेले भने ।
हिउँद न बर्षा जतिबेला पनि अत्याधिक जोखिम रहेको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग चाईना स्टेट कन्ट्रक्सन इन्जीनियर कर्पोरेसनले ९ मार्च २०२२ मा निर्माणको जिम्मा पाई २२ मार्च २०२७ मा निर्माण सम्पन्न गर्ने छ । जसको कुल लगानी ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँ रहेको छ ।

सिद्धबाबा सुरुङ्गमार्गको कुल लम्बाई ११ सय २६ मिटर रहेकोमा हालसम्म २९८ मीटर सुरुङ्ग खनिसकिएको छ । ३ वटा बाइपास सुरुङ्ग पनि १८० मीटर खनिएको छ । बाइपास सुरुङ्ग पहिलो ६३ दशमलव १ मीटर बाइपास सुरुङ्ग दोस्रो ५४ दशमलभ ५ मीटर र बाइपास सुरुङ्ग तेस्रो ६२ दशमलव ४ मीटर खनिसकिएको छ । आयोजना स्थालमा सुरुङ्गमार्ग बाहेका २३ सय ९८ मीटर सडकको स्तरोन्नतीको काम धमाधम भइरहेको छ ।

सुरुङ्गमार्गको भौतिक प्रगती १५ दशमलव ९१ प्रतिशत रहेको छ । भने, बित्तिय प्रगती २० दशमलभ ८ प्रतिशत रहेको सिद्धबाबा सुरुङ्ग मार्ग योजना कार्यालय रूपन्देहीकी सूचना अधिकारी इन्जिनियर सबिता ज्ञवालीले बताईन । निर्माण कम्पनीले सुरुङ्गमार्ग बाहेकको तल्लो सिद्धबाबा मन्दिरदेखि हेडबक्सको उत्तर करिब दोभान सम्मको सडकलाई डबल लेन बनाउने पहिरो ढुंगा रोक्न रक नेट रक सेड स्लोप पोेटेक्स लगाउने काम गरिरहेको छ,” आयोजनाकी इन्जिनियर ज्ञवालीले बताईन ।

इपिसी मोडलमा ठेक्का सम्झौता भएका कारण निमार्ण कम्पनीले सुरुङ्ग ५ बर्षमा सम्पन्न गर्नेछ । थप ५ बर्षसम्म पूर्ण जिम्मेवारी ठेकदार पक्षको रहने गरी सम्झौता गरिएको छ । निर्माण कार्यपुरा भएपछि पनि १५ बर्षसम्म इन्जिनियरिङ्ग समस्या देखिएमा मर्मत तथा संरक्षण गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहने छ ।
इपिसी मोडल ठेक्का सम्झैताले आयोजना निमार्ण सम्पन्न भई हस्तान्त्रण भएपछि मर्मत तथा संरक्षणमा चासो नदिने परिपाठीको अन्त्य हुने छ । पहिरोको उच्च जोखिम रहेको सिद्धबाबा क्षेत्र सुरुमार्ग निर्माण यस आवतजावत गर्ने यात्रुहरू उत्साहित बनेका छन् । मृत्यु मार्गको परिचय पाएको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग निमार्णसंगै सडक स्तरउन्नती भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने हजारौं यात्रुले सुरक्षित यात्रा गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?