ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

निःशुल्क शिविरले गरिब तथा विपन्न परिवारलाई लाभ,नौ सय बढिको स्वास्थ परिक्षण

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

नवलपुर , ५ साउन  ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविर भएको छ। सो शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा दुई सय १० जनाले फिजिसियन, एक सय ५२ जनाले हाडजोर्नी तथा नसारोग सम्बन्धी, ६० जनाले दन्तसेवा, ७५ जनाले छाला तथा यौनरोग सम्बन्धी, ८९ जनाले इएनटी, एक सय १९ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी, ५५ जनाले बाल विशेषज्ञ र ४८ जनाले पेट तथा आन्द्राको रोग सम्बन्धी सेवा लिइएको कलेज अफ मेडिकल साइन्सेस भरतपुरका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिएका छन ।

शिविरमा डा। राहुल पाण्डे, डा. सरिता जैसवार, डा.अनु जैसवाल, डा.नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाह, डा. नैना श्रेष्ठ, डा.एलिना वि.क, डा.मिरा काक्शापति, डा.नेहा कुमारी, डा.कञ्चन गोएङ्का, डा.सफल राजभण्डारी, डा.भुसाल, डा.सुलभ पोख्रेल, डा.उज्ज्वल गिरि, डा. उत्तम खत्री, डा.पङ्कज शाहा, डा. नकुल तामाङ्, डा.अन्जिला श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै प्रकारका रोगको एकै ठाउँमा परीक्षण गराउन नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशले निःशुल्क शिविर सञ्चालन गरेको कार्य निकै ‍सराहनीय रहेको बताए । स्थानीयस्तरमा सबैको आयस्रोत समान किसिमको नहुँदा निःशुल्क शिविरले गरिब तथा विपन्न परिवारलाई लाभ मिलेको बताका छन ।

सबै ठाउमा आफ्नो पहच पनि नपुग्ने,सानातिन दुखबिमारको पीडा सहेर नै बस्नुपर्ने बाध्यता रहेको स्वास्थ्य परिक्षण गराउनु भएका स्थानिय रमेश खनालले बताए । सामान्य चेकजाँच गराएपनि औषधीमा नै धेरै पैसा खर्चिनुु पर्दथ्यो तर शिविर मा औषधी पनि निशुल्क पाउँदा
आफू जस्ता बिपन्न परिवारलाई धेरै सहयोग भएको र यस्ता निशुल्क स्वास्थ शिविर समाजमा भैरहनुपर्ने खनालको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले सामाजिक उत्तरदायित्व पूरागर्ने प्रयास गरेको भन्दै समाजमा यस्ता सामाजिक कार्य सबैले गर्दै जानुपर्ने बताएका छन। अबका दिनमा पनि उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशले समाजमा स्वास्थ , शिक्षामा जनचेतना जगाउन थप सहयोग गर्ने अध्यक्ष भट्टचनले बताए । स्वास्थ्य शिविरमा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?