© २०२३
बुटवल, ५ साउन ।
रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । क्लबको २११ औं नियमित बैठकको क्रममा शनिबारसदस्यहरुका लागि अभिमुखीकरण गरिएको हो । क्लवमा केही दिनअघि मात्रै ३७ जना नयाँ सदस्यहरुको इन्डक्सन गरिएको थियो ।
रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक चेअर राजेन्द्र लम्सालले नयाँ सदस्यलाई अभिमुखीकरण प्रदान गरेका हुन् । त्यस अवसरमा उनले रोटरी स्थापनाको उद्देश्य, रोटरीले गर्दै आएका कामहरु र अन्तर्राष्ट्रियस्तरमै रोटरीले पारेको प्रभावका विषयमा प्रकाश पारेका थिए ।
अन्तर्राष्ट्रिय रुपमै रोटरीको प्रतिष्ठा उचो रहेको र रोटरीयनलाई हेर्ने दृष्टिकोण फरक हुने गरेको भन्दै उनले रोटरीले व्यक्तिको व्यक्तित्व विकासका साथै पेशागत र व्यावसायिक हितको पनि प्रवद्र्धन गर्ने र यसले सञ्चालन गर्ने परियोजनामार्फत समुदायमा ठूलो लगानी भित्र्याउन सकिने पनि बताए ।
कार्यक्रममा बोल्दै पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले रोटरीमा नयाँ सदस्य भित्र्याउने भन्दा उनीहरुलाई टिकाउनु धेरै चुनौतीपूर्ण रहेको भन्दै यसका लागि क्लवको नेतृत्वले सबै रोटरीयनलाई हरेक गतिविधिमा संलग्न गराइराख्नुपर्ने बताए । रोटरीप्रति सबैको अपनत्व जगाउन सकेमात्र रोटरीयनहरु आकर्षित हुने र क्लवमा टिकिरहने उनले बताए ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष नुमेन्द्र पौडेल, चार्टड प्रेसिडेन्ट विष्णु घिमिरे, कपिल पोखरेल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी