ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल !

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

लमही, ४ साउन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसँग सम्बन्धी अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै प्रथम संस्करणको जर्नल प्रकाशन सुरु गरेको छ । संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन आफ्नै जर्नल प्रकाशनको आरम्भ गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले शैक्षिक संस्थामा आफ्नै जर्नल हुनु अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताए । उनले अव प्रतिष्ठानमा कार्यरत वा अन्य विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरूले आफूले गरेको खोजमुलक अनुसन्धानात्मक सामग्री अस्पतालकै जर्नलमा प्रकाशन गर्न अवसर पाउने बताए ।

प्रतिष्ठानले उपचार सेवासंगै विभिन्न शैक्षिक कार्यक्रम अघि बढाइरहेको वेला स्वास्थ्यसंग सम्वन्धित विषयमा भएका अनुसन्धानहरूमा आधारित शोधपत्रहरू प्रकाशन गर्नुले पनि प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने बताए । पहिलोपटक प्रकाशन भएको जर्नलमा विभिन्न चिकित्सकहरूको १५ वटा बढि स्वास्थ्यसंग समेटिएका अनुसन्धानात्मक सामग्रीहरू प्रकाशन भएका छन् ।

जनरल प्राक्टीस एण्ड इमरजेन्सि विभागका प्रमुख प्राध्यापक डा. दिनेश लम्साल नेतृत्वमा रहेको सम्पादकीय मण्डल रहेको छ भने जर्नलको सल्लाहकार कमिटिमा उपकुलपति लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थि लगायतका रहेका छन ।

प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठान विरामीको उपचार सेवामात्रै नभई शैक्षिक कार्यक्रमसँगै अध्ययन र अनुसन्धानको काम पनि जर्नल प्रकाशन भएसंगै सुरुवात भएको बताए । ‘प्रतिष्ठान ठुलो शैक्षिक संस्था भएकाले पनि यसको आफ्नै जर्नल हुनु एकदमै महत्वपूर्ण कुरा हो, अव आफ्नै जर्नलमा अनुसन्धानमुलक स्वास्थ्य सामाग्रीहरू प्रकाशन गर्न पाउनु दाङसहीत यस क्षेत्रको लागि निकै ठूलो गौरवको कुरा हो–रजिष्ट्रार लम्सालले भने–‘प्रतिष्ठानको आफ्नै जर्नलसंगै प्रतिष्ठानको सेवा सुबिधा, योजना वारे समेटिएको वुलेटिन पनि निकाल्न सुरु गर्दैछौ ।’ उनले प्रतिष्ठानको जर्नलको शुरुवातवाट यस्ता बौद्धिक तथा शैक्षिक कार्यक्रम र उपलब्धिले प्रतिष्ठानको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै संघीय स्वास्थ्यमन्त्रि प्रदीप पौडेलले पनि शुभकामना सन्देश दिँदै प्रतिष्ठानले आफ्नै जर्नल प्रकाशन गरेकोमा खुसी ब्यक्त गर्दै प्रतिष्ठानमा अध्ययन र अनुसन्धानको काम अघि बढ्नुले सबैमा सकारात्मक शन्देश प्रवाह भएको बताए । स्वास्थ्य सचिव डा. रोशन पोखरेलद्वारा जारी शुभकामना शन्देशमा प्रतिष्ठानको आफ्नै जर्नल प्रकाशनले सबैलाई उत्साहीत गराएको बताए । त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनी कुमार झाँले यस जर्नललाई प्रतिष्ठानको गौरव बढाएको बताउदै प्रतिष्ठानमा कार्यरत चिकित्सकको आवश्यक ज्ञान, सिप र दक्षता अभिवृद्धि हुने आशा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?