© २०२३
बुटवल, ४ साउन । रुपन्देहीमा विभिन्न रक्त समुहको रगत अभाव भएसंग विभिन्न संघसंस्थाहरुले आकस्मिक रक्तदान थालेका छन । लियो क्लब अफ बुटवल सिद्धबाबाले शुक्रबार नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल निमायित रक्तदाता समाजका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले ब्लड ब्याग रक्तदातालाई हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे । युवावर्ग रोजगार तथा अध्ययनका लागि बिदेश पलायन हुने र आकस्मिक बिरामी बढ्दा रगतको अभाव हुन थालेको भन्दै उनले सबै संघसंस्थाहरु रगत संकलनमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको भन्दै आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने बताए ।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष प्रणेश पौडयालले विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । लियो क्लवले रक्तदान मात्र नभई अरु धेरै सामाजिक कार्यमा पनि हातेमालो गर्दै आएको उनले दाबी गरे ।
नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको संयोजक निरोश मुडभरिले बताए ।
यसैगरि रक्तसंचार केन्द्र बुटवलमा पनि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका आजीवन सदस्य सुरज केशरीको जन्मदिनको अवसरमा रक्तदान गरेको छ । पछिल्लोसमय शुभकार्यमा रक्तदान कार्यक्रम प्रयोजन गर्ने शुरुवात भएको छ । यसले पनि रगत अभावलाई रोक्न केही मद्यत मिलेको समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी