ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

बुटवल, ४ साउन ।

लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ । अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । अदालत प्रशासनले प्रतिशतका आधारमा देशमै सबैभन्दा बढी मुद्दा फैसला यहीँबाट भएको दाबी गरेको छ । प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा बढी मुद्दाको चाप रूपन्देही र कमी अर्घाखाँचीमा रहेको अदालतले जनाएको छ । साबिक लुम्बिनीका रूपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची यसको कार्यक्षेत्र रहेको छ ।
बुटवल इजलासले आर्थिक वर्ष ०७३/७४ यताको तथ्याङ्कमा यस आर्थिक वर्षमा धेरै मुद्दाको फैसला गर्न सफल भएको छ । ०७३/७४ मा तीन हजार आठ मुद्दामा दुई हजार ९६ अर्थात् ६९.६८ प्रतिशत, ०७४/७५ मा दुई हजार २०१ मुद्दामा एक हजार ६७७ अर्थात् ७६.१९ प्रतिशत, ०७५/७६ मा दुई हजार ९६८ मा एक हजार ९९६ अर्थात् ६७.२५ प्रतिशत मुद्दा फैसला भएका थिए । त्यस्तै, ०७६/७७ मा दुई हजार ५०० मुद्दामा एक हजार ६८५ अर्थात् ६७.४ प्रतिशत, ०७७/७८ मा दुई हजार ५७८ मुद्दामा एक हजार २८५ अर्थात् ४९.८४ प्रतिशत, ०७८/७९ मा तीन हजार ५२४ मा एक हजार ८७१ अर्थात् ५३.०९ प्रतिशत मुद्दाको फैसला भएको थियो । त्यस्तै, ०७९÷८० मा तीन हजार ८८९ मुद्दामा दुई हजार ३४८ अर्थात् ६०.३७ प्रतिशत मुद्दाको फैसला भएको थियो । विगत वर्षहरूमा एक वर्ष नाघेका मुद्दाहरूको चाङ रहने गरेकोमा यस वर्ष एक वर्ष नाघेका मुद्दाहरू सबै फैसला गरिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आ.व. ०७९/०८० बाट जिम्मेवारी सरेका १५४१ थान र यस बर्ष दर्ता भएका २३६६ थान गरी जम्मा मुद्दा ३९०७ थान भएकामा ३०७५ थान मुद्दा फैसला भई अब ८३२ थान मात्र मुद्दा बाँकी रहेका छन् ।
अदालतमा १ बर्ष नाघेका सबै मुद्दाहरू फैसला भएका छन् । बाँकी रहेका मुद्दाहरूमा ६ महिना नाघेका १४१ थान र ६ महिना भित्रका ६९१ थान रहेका छन्।यस अदालतले बार्षिक २४८० थान फैसला गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा ५९५ थान बढी फैसला भए। लक्ष्यको तुलनामा करिव २४ प्रतिशत बढी मुद्दा फैसला भएको छ।लक्ष्यको आधारमा १२३.९९ र लगतको आधारमा ७८.७० प्रतिशत फैसला भएका छन् ।
यो बर्ष यस अदालतको लागि ऐतिहासिक बर्ष कायम हुन आयो।यस अदालत स्थापना भए देखी एक बर्ष नाघेका मुद्दाहरू बाँकी नरहेको यो बर्ष मात्र हो।हाल सम्म धेरै मुद्दा दर्ता हुने र धेरै मुद्दा फैसला हुने पनि यो बर्ष भएको छ। फैसला संख्या धेरै हुँदा पनि फैसला लेखन कार्य पनि सिघ्र हुने गरेको छ।यस अदालतबाट विभिन्न ५२ प्रकारका निवेदनका ढाँचाहरू निशुल्क वितरण हुने र लेख्न नजान्ने पक्षहरूलाई अदालतकै कर्मचारीबाट निवेदन बेहोरा लेखी दिने ब्यवस्था पनि अदालतले गर्दै आएको छ ।
स्वाचालित पेसी तारेख प्रणाली लागु गर्ने, नगदी रसिद अन लाइन माध्यमबाट दिने,बेजिल्लाका सेवा ग्राहीलाई पाएक पर्ने जिल्लाबाटै तारेख दिने, सेवा ग्राहीलाई सहज, नम्र बेबहार र छिटी छरितो सेवा प्रदान हँदै आएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका एक हजार ५४१ र यस वर्ष दर्ता भएका दुई हजार ३६५ सहित तीन हजार ९०६ थान मुद्दामध्ये असार २८ गतेसम्म तीन हजार ४९ थान मुद्दा फैसला भएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका सबै मुद्दाको फैसला भएको छ ।
अदालतबाट यस वर्ष दुई हजार ४८० मुद्दा फैसला गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा ५६९ थान मुद्दा बढी फैसला भएको हो । यो लक्ष्यको २२.९ प्रतिशत बढी हो ।लक्ष्यको १२२.९ प्रतिशत मुद्दाको फैसला गर्न सफल यस अदालतमा अब बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका मुद्दा एउटा पनि छैनन् । ६ महिना नाघेका जम्मा १४५ थान मुद्दा रहेका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलास मात्र होइन यस अन्तर्गतका जिल्ला अदालतहरू रूपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्ला अदालतको काम कारबाही पनि यो बर्ष उत्कृष्ट रहेको छ। गुल्मी, अर्घाखाँची र पाल्पा जिल्ला अदालतमा १८ महिना नाघेका मुद्दाहरू सवै फैसला भएका छन भने तराईका मुद्दा चाप बढी हुने जिल्ला अदालतहरूमा समेत १८ महिना नाघेका मुद्दाहरू न्यून संख्यामा रहेका छन् ।
उत्कृष्ट कार्यको लागि यस अदालतमा कार्यरत सबै माननीय न्यायाधीश, विगत र हाल कार्यरत रजिष्ट्रार, अधिकृत तथा अन्य सहयोगी कर्मचारी, कानून ब्यवसायी, मातहत अदालतहरूको समयमै मिसिल तथा जवाफ पठाउने कार्य र मुद्दाका पक्षहरू समेतको सहयोगी भूमिका समेतको कारणले यो उपलब्धी हासिल भएको सूचना अधिकारी शाखा अधिकृत कृष्ण प्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?