ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

नगरसभा नहुँदा बजेटविहीन लमही

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

लमही , ४ साउन ।
लमही नगरपालिकाका नगरसभामा बजेटमै बिमती हुँदा हालसम्म नगरसभा सम्पन हुन सकेको छैन । आन्तरिक विवादका कारण नगरसभासगै आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन पास समेत हुन सकेको छैन । मेयर, उपमेयर, वडा अध्यक्षहरू आ आफनो कोल्टामा कति बजेट पार्ने बिबादका कारण आर्थिक बजेट पास हुन नसकेको बताइन्छ ।

१५ नगरसभा सम्पन्न नहुँदा एकातिर बजेट पास भएन भने अर्कोतिर जनतासग सरोकार राख्ने आर्थिक विधेक २०८१/८२ समेत पास हुन नसक्दा जनता सेवा लिनवाट बन्चित भएका छन । आर्थिक ऐन पास नहुदा लमही नगरबासी सेवा लिनवाट बन्चित भएको बताए । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० गतेसम्न नगरसभा सम्पन्न गरि आर्थिक ऐन बनिसक्नु पर्ने हो तर पनि हाल सम्म नबन्दा नगरपालिका अस्तबेस्त देखिन्छ । लमही ÷ ५ लमहीकि बिष्नु पौडेल आफ्नो जग्गाको पोत राजस्व तिर्न लमही कार्यालय आएको बताइन् । तर राजस्व शाखाले पोत नलिए पछि अब बैकको हर्जना तिर्नु पर्नेबाध्यता आइलागेको बताइन् ।लमही निवासी बिष्नु घिमिरे खानेपानी जडानका लागि सिफारिस लिन वडा कार्यालय गएको सिफारिस नपाएर फर्केको बताए । आर्थिक बर्ष सुरु भए लगतै धेरै सेवाग्राहीको लमहीमा भिडभाड देखिन्छ । तर नगरसभा सम्पन्न नभई आर्थिक बिधेयक पास नहुँदा नगरपालिकाबाट दिने सबै सेवा प्रभावित भएको छ ।

ऐन पास नहुँदा नगरपालिकाले खर्च गर्न पाउँदैन । यसले गर्दा नगरका साथै वडाबाट प्रवाह गरिने कतिपय सेवा पनि प्रभावित बनेका छन् । नगरपालिकाले असार मसान्तभित्र आर्थिक ऐन पास गरिसक्नुपथ्र्यो । तर नगरपालिकाको आन्तरिक विवादका कारण ऐन पास हुन सकेन । सो नगरपालिकामा ४७ जना प्रतिनिधि मध्य १ जना नेकपा माओवादी बाहेक ४६ जना नेपाली कांग्रेसका जनप्रतिनिधि रहेका छन ।

नगर प्रमुख जोगराज चौधरीले नयाँ ऐन तत्कालै पास गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘पर्सि ९आइतबार० सम्म ऐेन बन्छ । त्यसपछि बैठक बसेर पास गर्छौं उनले भने।’ उनले केही आन्तरिक कारण रोकिएको नगरसभा पास गर्दै आर्थिक विधेक तत्कालै निर्माण गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले आफू आर्थिक बर्षको अन्त्यमा व्यस्त रहेको, विषयगत समितिको बैठक नबस्दा नयाँ आर्थिक ऐेन पास हुन नसकेको बताए । ‘अहिले तयारी भइरहेको छ । सायद एक, दुईदिनमा यो समस्या समाधान होला,’ उनले भने ।

निवर्तमान मेयरले बर्तमान मेयरलाई बुझाए ज्ञापन पत्र
लमही नगरपालिकामा भएको समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण गराउँदै नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर केसीले मेयर जोगराज चौधरीलाई ज्ञापन पत्र बुझाएका छन । नेकपा एमाले लमही नगर कमिटीको आयोजना बिहीवार लमही नगरपालिकाका मेयर चौधरीलाई ज्ञापन पत्र बुझाए हो । लमही नगरपालिकाको १५ नगरसभा तत्काल सप्पन्न गरि आर्थिक बिधेक निर्माण गरि सेवाग्राहीको माग सम्बोधन गर्न आग्रह गरिएको छ । त्यसैगरि नगरपालिकाले जनताको सबैभन्दा नजिकको स्थानीय सरकार भएको अनुभूती हुने गरि कुनै पनि काम भएको भन्दै जिम्मेवार बन्न आग्रह गरेको छ । शिक्षा,स्वास्थ्य सेवा भएका बिकृती हटाउँदै सहज सेवा दिन आग्रह गरेको छ । लमही नगरपालिका आफ्नै आन्तरिक कारण राजस्वमा निक्कै कजोर देखिएको बताउँदै जिम्मेवार पूर्वक लाग्न सके लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकिने सुझाव दिएको छ । साथै बिकासे बजेट जुन आर्थिक चलखेल हुनेहरू सहजै भुक्तानी हुने अन्य काममा ढिला सुस्ती भएकोमा ध्यानाकर्षण बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञपति बुझदै नगरप्रमुख जोगराज चौधरीले बिज्ञपति आफ्न लागि मार्गनिर्देशन भएको बताए । उनले नगरपालिकामा आफ्नो पार्टीको मात्र बहुमत भए पनि मानिस ब्याक्ती भित्रको फरक सोचका कारण काम गर्न सहज नभएको बताए ।उनले नगरपालिका के भाछ भन्ने कुरा प्रतिपक्षले खबरदारी गरेमा मात्र सहि ट्राकमा ल्याउन सकिने बताए । लमही नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर केसीले नगरसभा सप्पन्न नहँुदा सम्म जनता सेवाप्रभाहवाट बन्चित रहेको बताए । उनले जतिसक्दो चाडो आर्थिक ऐन पारी ल्त गरि जनताको अधिकारको सुनिश्चितता गर्न मेयर चौधरीलाई आग्रह गरे । नेकपा एमाले लमही नगरकमिटिका अध्यक्ष रतन केसीको नेतृत्व गएको टोलिले मेरो चौधरीलाई बिज्ञप्ति पत्र बुझाउँदै जनताप्रति उत्तरदायित्व बोध गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?