© २०२३
बुटवल (बुटवल टुडे), ३ साउन ।
स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका पालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता, विएमआईए, बालबालिकाहरूको पोषणको अवस्था र खानेपानीको मुहान योजनाको गुणस्तर लगायतका विषयमा नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार पाल्पा जिल्लामा ग्रामिण क्षेत्रमा भन्दा सहरी तुलनामा कुपोषण बढि देखिएको छ । पाल्पाको तानेसेन र रामपुर क्षेत्रमा बसोबास गर्ने बाललिकाहरूका कुपोषणको मात्रा बढि देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।
सहरी क्षेत्रमा बढि मात्रामा जंकफुड बढि मात्रामा उपभोग गर्ने गरिएको कारण बढि मात्रामा कुपोषण देखिएको हो ।
पाल्पा जिल्लाको दश पालिकाका ४२ सामुदायिक र निजी विद्यालयका ६ देखि १२ कक्षाका ४३२९ जना किशोरीहरूको रक्तअल्पता र बिएमआईको अवस्था, ९ स्थानीय तहका ३५ वडाका ४८३१ जना ५ बर्ष मुनिका बालबालिकाको पोषणको अवस्था र दश स्थानीय तहका १२ स्वास्थ्य संस्था सहित ११४ खानेपानी मुहान र योजनाहरूको खानेपानीको गुणस्तरको अवस्थाको नतिजा सार्वजनिकरण गरेको हो ।
तानसेनका ६ जना रामपुरका १३ जना बालबालिकाहरूमा कडा खालको कुपोषण देखिएको छ । जिल्लाभरमा २८ जनामा कडा प्रकृतिको कुपोषण देखिएकोमा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरूको संख्या २० जना रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी